‘मेरो सपनाको भारी...’ मा आकाश र प्रियंकाको रोमान्स
शुक्रबार, २४ माघ २०७६, १३ : ०९
काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ । गीतमा उदित प्रकाश सिग्देलको शब्द र हरि लम्सालको संगीत रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीनको अभिनय देख्न सकिन्छ ।
चन्द्र चौधरीको मिक्सिङ र माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।