शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूत आचार्य र मोदीका सुरक्षा सल्लाहकारबीच भेटवार्ता

शुक्रबार, २४ माघ २०७६, १५ : ४६
शुक्रबार, २४ माघ २०७६

काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेका छन् । 

माघ २२ गते डोभलकै कार्यालयमा राजदूत सल्लाहकारबीच कुराकानी भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा दुई देशबीच मित्रवत सम्बन्धका विषयमा पनि छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री मोदीको क्याविनेटमा डोभललाई सबभन्दा शक्तिशाली मानिन्छ । उनी प्रधानमन्त्री मोदीका सल्लाहकार भएपनि एउटा क्यविनेट मन्त्रीको हैसियत दिइएको छ । 

नेपाल मामिलाका जानकार समेत रहेका डोभलसँगको भेटका विषयमा थप बुझ्नका लागि आचार्यलाई पटक पटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । 

यसैबीच राजदूत आचार्यले आज भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगंलासँग पनि भेटवार्ता गरेका छन् । 
भारतीय विदेश मन्त्रालयमा भएको भेटमा पछिल्लो समय नेपाल र भारतबीच विकसित सम्बन्धका विषयमा विदेश मन्त्री श्रगंलाले प्रशंसा गरेका थिए । दुई देश बीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने कुरामा दुईजना सहमत भएको दूतावासले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप