शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाका डढेलो पीडितका लागि रक्तदान

शुक्रबार, २४ माघ २०७६, १९ : ३७
शुक्रबार, २४ माघ २०७६

काठमाडौं । एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा डढेलो पीडितका लागि सहयोगार्थ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाका केन्द्रीय सदस्य वासुदेव दुलाल र टुवीस प्रधानको नेतृत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा १९ जनाले रक्तदान र प्लाज़्मादान गरेका छन् ।

अस्ट्रेलियामा लागेको विनाशकारी डडेलोमा परी घाइते भएकाहरुका लागि  रगत उपलव्ध गराउने उद्देश्यले फेब्रुअरी ३ र ४ तारिकमा आयोजित  रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ । अष्ट्रेलियाको डढेलोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने २१०० घर जलेर नष्ट भएका छन् ।

कार्यक्रमका संयोजक वासुकाअनुसार अष्ट्रेलियाको विपतलाई ख़्याल गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप