भारतको राज्यसभा बैठकको रेकर्डबाट मोदीको सम्बोधनको अंश हटाइयो
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा आफ्नो धारणा राख्ने क्रममा प्रयोग गरेको शब्द ‘असंसदीय’ भन्दै संसदको रेकर्डबाट हटाइएको छ ।
राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद प्रस्तावअन्तर्गत मोदीले बिहीबार राज्यसभामा आफ्नो मन्तव्य राखेका थिए । यस क्रममा उनले प्रयोग गरेको शब्दलाई राज्यसभाको अध्यक्षता गरेका उपराष्ट्रपति एम वेंकैया नायडुले हटाउन निर्देशन दिएका हुन् ।
राज्यसभा सचिवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ फेब्रअरी साँझ ६ः२० देखि ६ः३० सम्मको राज्यको कारवाहीको एक निश्चित हिस्सालाई हटाइएको छ ।’
मोदीको सम्बोधनका अतिरिक्त नायडुले काँग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादको टिप्पणीबाट पनि एक शब्दलाई हटाएका छन् । मोदीको सम्बोधन लगत्तै आजादले राज्यसभामा आफ्नो धारणा राखेका थिए ।
भारतमा राज्यसभाको अध्यक्षता उपराष्ट्रपतिले गर्ने संवैधानिक प्रावधान छ । आधिकारिक रेकर्डका लागि उपयुक्त नदेखिएका टिप्पणीलाई सदनको सभापतिको निर्देशनअनुसार हटाउने गरिन्छ ।
यद्यपि भारतको संसदीय अभ्यासमा प्रधानमन्त्री कै टिप्पणी हटाउनु दुर्लभ घटना हो । मोदी र आजादले प्रयोग गरेका कुन शब्द हटाइए भन्ने खुलाइएको छैन ।
राज्यसभा बैठकमा मोदीले विपक्षी दललाई निशाना बनाउँदै भनेका थिए, ‘नयाँ दशकमा नयाँ आवरणको जो अपेक्षा थियो, त्यसमा म निराश भएको छु, तपाईहरु जहाँ हुनुहुन्थ्यो, त्यहीँ रहनु भयो ।’
उनले विपक्षी सांसदहरुलाई लक्षित गर्दै पहिला ‘साइलेन्ट’ (मौन) रहेकाहरु अहिले ‘भाइलेन्ट’ (हिंस्रक) हुन थालेको टिप्पणीसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गीता त्रिपाठीका तीन कविता
-
नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा