बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डेब्यु खेलमै कुशल मल्ल्ले बनाए विश्व कीर्तिमान

शनिबार, २५ माघ २०७६, १३ : ४७
शनिबार, २५ माघ २०७६

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार अमेरिकाविरुद्धको खेलमा नेपालका  कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरेका छन् ।  उनले आफ्नो पहिलो खेलमै अर्धशतक बनाएर विश्व रेकर्ड बनाएका हुन् । 

ओडीआईमा कुशल मल्ल सबैभन्दा कम उमेर (१५ वर्ष ३ सय ४० दिन)मा अर्धशतक बनाउने खेलाडी बनेका हुन् । 

 नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका उनले अमेरिकाविरुद्ध  ४९ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।

उनीसमेतको उत्कृष्ट प्रदर्शनको मद्यतमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङमा ओर्लिएको नेपालले चार बल बाँकी छँदै सबै विकेट गुमाएर १९० रन बनाएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप