बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शंकर प्रधान सौर्यद्वारा लिखित भाषण तथा उद्घोषणकला पुस्तक सार्वजनिक

शनिबार, २५ माघ २०७६, १८ : ०३
शनिबार, २५ माघ २०७६

काठमाडौं । शंकर प्रधान सौर्यद्वारा लिखित भाषण तथा उद्घोषणकला पुस्तक सार्वजनिक भएको छ। ड्रीमप्वाइन्ट एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्युट्को दशौ वार्षिकोत्सव समारोहको क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय पार्वत गुरुङ्गले उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहमा मन्त्री गुरुङ्गले यस प्रकारको पुस्तकले महिला तथा युवाहरुलाइ आफ्ना विषय, हक अधिकार तथा मुद्दामा केन्द्रित रहेर जोड्दार कुरा उठान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

नेपाली समाजमा पुस्तौंदेखि प्रचलित ‘बोल्नेको पिठो पनि बिक्छ र नबोल्नेको चामलपनी बिक्दैन’ भन्ने उखानलाइ चरितार्थ गर्ने उदेश्यले प्रकाशित पुस्तकले उत्पिडित जाती, क्षेत्र, वर्ग, लिङ्ग र व्यक्तिलाइ अन्तर आत्मादेखिनै सशक्त बनाउदै सत्य वाणी बोल्न प्रेरित गर्नेमा आफ्ना धारणा व्यक्त गरे। 

पुस्तक समिक्षा हुँदै जनप्रशासन क्याम्पसका उप प्राध्यापक एवम् स्थानिय शासन विज्ञ डा.बुद्धि मान श्रेष्ठले पुस्तकले अन्तर्मनको भाव बोकेको र नेपाली समाजमा देखिएका जल्दाबल्दा विषय उठान गर्न सफल भएको बताए । 

जो बोल्नदेखि डराउछ, लजाउछ र अप्ठ्यारो मानेर पन्छिनेहरुको लागि पुस्तक रामवाण सावित हुने विचार व्यक्त गरे। कलात्मक भाषण तथा उद्घोषण गर्ने सम्पुर्ण मौलिक तौरतरिकाहरु देखि लिएर विभिन्न भाषणका नमुनाहरु समेत गहन ढङ्गले पुस्तकमा समावेश भएको पाउदा औधी खुसी लागेको बताए ।

पुस्तक समिक्षाकै क्रममा अधिवक्ता, लेखक तथा सामाजिक अभियन्ता स्वागत नेपालले पुस्तकको समिक्षा गर्ने क्रममा यो पुस्तक व्यक्तिको व्यक्तित्वका साथै नेतृत्व क्षमता बिकास गर्ने उदेश्यले गरिएको बताए । 

उनका अनुसार आजको समयमा देशका नेताहरुको भाषण सामान्य भन्दा सामान्य व्यक्तिहरुले बुझ्ने प्रकारको नभएको र आफुले मन्तव्य दिने क्रममा दर्शक श्रोताको ध्यान खिचिराख्नको लागी भाषण तथा उद्घोषणकला पुस्तक सहयोगी रहेको बताए । कार्यक्रममा विविध क्षेत्रका व्यक्तित्वलाइ सम्मान समेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप