मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश - ५ सरकारले जेष्ठ नागरिकलाई घर–घरमै  स्वास्थ्य सेवा पुर्याउँदै

शनिबार, २५ माघ २०७६, १८ : ४५
शनिबार, २५ माघ २०७६

बुटवल । प्रदेश ५ सरकारले जेष्ठ नागरिकको घर–घर मै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य  सेवा पुराउने कार्यक्रम ल्याएको छ । अहिलेलाई ८४  वर्षभन्दा  माथीका बृद्ध–बृद्धाहरुलाई घर घर मै पुगेर स्वास्थ्य सेवा पुराउने लक्ष्यका साथ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत यस्तो कार्यक्रम अगाडि सारिएको हो ।

यही माघ १४ गतेका सामाजिक  विकास मन्त्री सुदर्शन वरालले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर स्वास्थ्य सेवा कार्यक्रम सम्बन्धी निर्देशिका जारी गरे लगत्तै प्रदेश ५ का १२ वटै जिल्लामा सो कार्यक्रम सुरु भएको हो ।

यति बेला यस प्रदेशका १२ वटै जिल्लामा  जिल्लास्थित सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिको छ । वडा कार्यालयबाट उनीहरुको नागरिकता, बृद्ध भत्ताको परिचय पत्र वा त्यो पनि नभए वडा कार्यालयको सिफारिसमा उमेर प्रमाणित गरि  परिचय पत्र वितरण गरिने छ । यो कार्यक्रम प्रभावकारी बन्न क्रमशः  उमेर समूह घटाउँदै जाने प्रदेश सरकारको योजना छ ।

सोही कार्यक्रम अन्तरगत शनिवार स्वास्थ्य कार्यालय गुल्मीले सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

जिल्ला समन्व्य समिति प्रमुख अध्यक्ष रहने गरि यस कार्यक्रम सञ्चालन हुनेछ । जिल्ला समन्व्य समितिले  नै यस कार्यक्रमको प्रभावकारिताबारे भुमिका खेल्नेछ  र अनुगमन पनि उसैले गर्ने छ ।

 जेष्ठ नागरिकको सामन्य स्वास्थ्य परीक्षणदेखि ब्लड प्रेशर, स्वास–प्रश्वास, जण्डिस, आँखा, कानसहित सबै प्रकारका रोगको परिक्षण  र निशुल्क उपचार  गर्ने स्वास्थ्य कार्यालय गुल्मीका ल्याव टेक्निसियन लक्ष्मण पन्थीले जानकारी दिए । 

जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीले जेष्ठ  नागरिकलाई घर घरमा पुगेर स्वास्थ्य सेवा पुराउने  प्रदेश ५ को पहिलो गुल्मीको  रुरु क्षेत्र गाउँपालिका रहेको बताए । 

त्यहाँका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको पहिलो बर्ष नै जेष्ठ नागरिकको घर घरमा पुगेर स्वास्थ्य सेवा पुराउने कार्यक्रम गरेको थिए । रुरु क्षेत्र गाउँपालिकाले झैं गुल्मीकै मालिका गाउँपालिकाले पनि  जनताको स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राख्दै आएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेका  र आर्थिक अवस्था कम्जोर भएका विरामीहरुलाई  घरदेखि निःशुल्क बाहिरका अस्पतालमा पुराउन जिम्मेवारी समेत लिएको छ ।

मालिका गाउँपालिका वडा २ दर्लिङ्गकी ८६ बर्षीया  सेती परियारले  मोतिया विन्दु रोगले आठ बर्षदेखि  दुबै आँखाको ज्योति गुमाएकी थिइन् । उनका लागि  वरदान बन्यो मालिका गाउँपालिकाको घर घरमा स्वास्थ्य सेवा कार्यक्रम । अनि गाउँपालिकाको समन्वयमा जिल्ला आँखा उपचार केन्द्रको टोलीले उनको आँखाको अप्रेशन गरि दियो र उनी आठ वर्षपछि संसार देख्न पाएकी छन् ।

यस्तै सोही गाउँपालिका वडा ४ अर्खबाङ्गकी मनी घर्ती मगरले पनि मोतिया विन्दु रोग कै कारण गत एक दशक देखि आँखाको ज्याति गुमाएकी थिइन । उनले पनि अहिले संसार नियाल्न पाएकी छन् । आँखा उपचारको त यी दुई बृद्धा प्रतिनिधी पात्र मात्रै हुन । 

स्थानिय सरकारले गत बर्ष यस्तो अभियान सुरु गरे पछि धेरैले आँखाको ज्योति पाएका छन् ।  सो गाउँपालिका स्वास्थ्य संयोजक बसन्त भुसालका अनुसार गत एक बर्षमा त्यस गाउँपालिका सय जना भन्दा बढि पाढे घरको समस्या भएका  महिलाहरुको उपचार भइसकेको छ । 

५ जनाको परिवारले ३५ सयको स्वास्थ्य विमाको परिचय पत्र बनाए पछि बार्षिक १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार पाउने कार्यको सुरुवात गुल्मीको रेसुङ्गा नगरपालिकाबाट सुरु गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप