शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युतीय झड्काबाट एकको मृत्यु

शनिबार, २५ माघ २०७६, २१ : ४२
शनिबार, २५ माघ २०७६

दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय झड्कामा परेर युवाको मृत्यु भएको छ । विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका जानकारी दिए । 

पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले छुँदा कटुवाललाई विद्युतीय झड्का लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप