रुकुम पूर्वमा फेरि हिमपात
रुकुम पूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिबार पुनः हिमपात भएको छ । हिमपातसँगै कम हुँदै गएको चिसो फेरि बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ । हिमाली क्षेत्रमा पहिले परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएको हो ।
जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश क्षेत्रमा हिमपात भएको छ । यसपटकको हिमपातसँगै जिल्लामा यस वर्षको मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म १०–१२ पटकभन्दा बढी हिउँ परिसकेको छ । पटक–पटकको हिमपातको कारण जिल्लावासीको दैनिकी कष्टकर हुने गरेको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिकाकोे भने सबै ठाउँमा हिमपात भएपछि दैनिक कामकाजमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।
गाउँपालिकामै हिउँ परेपछि गाउँपालिकासम्म पुग्ने सेवाग्राही र काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिलाई समस्या भइरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन् । हिमपातका कारण सेवाग्राही गाउँपालिकाको कार्यालयसम्म पुग्न नसक्ने भएपछि कर्मचारीलाई नै टोलटोलमा पठाएर दोस्रो चौमासिकको योजना सम्झौताको काम गरिहरहेको पनि उनले जानकारी दिइन् । हिमपात र चिसोकै कारण गाउँपालिकामा सेवा लिन आउनेको सङ्ख्या पनि न्यून रहेको उनको भनाइ छ ।
हिमपातकै कारण मङ्सिरको अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग पनि अझै सञ्चालन हुनसकेको छैन । हरेक वर्षको यसै समयमा हिमपात र चिसोका कारण जिल्लावासीले सास्ती खेप्ने गर्दछन् । कृषि र पशुपालन नै यहाँका मानिसको आम्दानीको मुख्य स्रोत हो । हिमपात र चिसोकै कारण भेडाबाख्राका बथानसहित बेँसी झरेका किसानका भेडा पनि मरेका छन् । जसले गर्दा जिल्लावासीलाई झनै समस्या भएको छ । एक हप्ता अगाडि मात्र भूमे गाउँपालिकाको लुकुमबाट चिसो छल्नका लागि दाङ झरेका साढे दुई सय भेडा मरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश