नेपालद्वारा ओमान सामु २ सय ५० रनको लक्ष्य प्रस्तुत
आइतबार, २६ माघ २०७६, १३ : ०२
काठमाडौँ । विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत भएको छ ।
आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२ रन बनाए ।
ओमानका लागि अकिव इलयासले चार विकेट र मोहम्मद नदीमले तीन विकेट लिए ।
जारी प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई