शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देवीका वन्दनाको नयाँ गीत सार्वजनिक

आइतबार, २६ माघ २०७६, १४ : २९
आइतबार, २६ माघ २०७६

काठमाडौं । लोकप्रिय गायिका देवीका वन्दनाले नयाँ गीत ‘भोलीलाई कस्ले पो देख्या छ’ ल्याएकी छन् । 

नरहरि प्रेमीको शब्द, संगीत, अमोश तामाङको एरेञ्ज रहेको गीतको भिडियो समेत निर्माण भएको छ । 

दीप श्रेष्ठको निर्देशन÷कोरियोग्राफ रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स गु्रपको अभिनय रहेको छ । 
अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन । 

वन्दनाको ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’लगायत दर्जनौ गीत हिट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप