पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

person access_timeभदौ ११, २०७४ chat_bubble_outline0

‘जीवनमा १८ पटक पक्राउ परें,’ पत्रकार देवप्रकाश त्रिपाठीले सुनाए, ‘दुई पटक जेलमा बस्दा थुप्रै नेता भेटें । त्यहीं पत्रकार हरिहर विरहीलाई पनि भेटेको हुँ ।’ 


जेलबाट बाहिरिएपछि पनि विरहीसँग मित्रता कायम रह्यो । ‘उहाँलाई अप्रत्यासित समस्या आइपरेपछि दुई/चार महिना सघाउन विमर्श साप्ताहिकमा जोडिएँ,’ उनले भने, ‘तर, जोडिएको जोडियै भएँ । पत्रकारिता गर्छु, पत्रकार बन्छु भन्ने सोचेकै थिइनँ । तर, पत्रकारितामा २८ वर्ष पो बिताइसकेछु ।’

नेता, उद्यमी वा कलाकार (चित्रकार) मध्ये एक बन्छु भन्ने सपना देखेका घटना र विचार साप्ताहिका प्रधानसम्पादक देवप्रकाश त्रिपाठीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
सधै एउटै प्रकारको खाना खान मन पराउदिन । मानिसहरु बिहान बेलुका दालभात, तरकारी, अचार खान्छन्, मचाहिँ महिनामा पाँच÷सात पटक मात्रै खान्छु । शाकाहारी खानेकुरा हुनु प¥यो जे पनि खान्छु । च्याउ बढी खाने गर्छु । भेंडे खुर्सानी पनि त्यत्तिकै खान्छु । तोफु र च्याउका परिकार असाध्यै मन पर्छ । कहिलेकाहीं मसरुम पिज्जा पनि खाने गरेको छु । माछामासु नखाने भएकोले मन नपर्ने भन्ने अर्थ लगाउन पाइयो । मसला भएको खानेकुरा मलाई मन पर्दैन । 

१५ वर्षदेखि खानकै लागि रेष्टुरेन्ट जाने गरेको छु । प्राविधिक कारणवश घरको भान्छामा खानुपरेको छैन । तसर्थ, विभिन्न आकारप्रकारका रेष्टुरेन्ट मेरो खाना खाने थलो बनेका छन । खाने रुचिका तुलनामा पकाउने रुचि चांही छैन । 

मेरो पोसाक
विशेषतः ‘क्याजुयल ड्रेस’ मन पर्छ । पहिलेपहिले वर्षमा २०÷३० हजार रुपैयाँ कपडामा खर्च हुन्थ्यो । केही वर्षयता साथीभाइले दिएको उपहारबाटै चलेको छ । किन्दा पनि धेरै कम । कुनैकुनै वर्ष त पोसाकमा दुई हजार पनि खर्च हुँदैन ।

सेतो र गेरु रङको पोसाक मन पर्छ । त्यसपछि मात्रै रातो रङको कपडा रोजाइमा पर्छ । कपडा धेरैजसो रेडिमेड नै प्रयोग गर्छु । सिलाउनै परे नयाँसडकको टिना टेलरिङ जान्छु । कटनका कपडा मन पछर्न । 

नियमित टोपी र मोजा लगाउन कहिल्यै मन परेन र लगाउँदिनँ पनि । कतिपय अवसरमा नेपाली टोपी भनें लगाउने गरेको छु । 

मेरो फिटनेस
समय मिल्दा सुत्नेबाहेक केही पनि गर्दिनँ । मैले खाने खानेकुराक भेराइटी कम छ । डाइटिङ छैन । तर, डाइटिङजस्तै भइरहेको छ । अहिलेसम्म योगा गरेको छैन । मर्निङवाक पनि निस्कन्न । पहिलेपहिले केही सयम ट्रेडमिलमा दौडिएँ । अल्छी लागेपछि छाडें । 

मेरो अध्ययन
यतिबेला डा. सर्बानन्द पाठकको चार्वाक दर्शन पढिरहेको छु । दर्शन, इतिहास, अन्तरीक्ष र ब्रह्माण्डबारे किताब पढ्न जाँगर चल्छ । बर्टेन रसेल, राहुल सांकृत्यायन, टोनी हेगन, सिल्भाँ लेभी रूपचन्द्र विष्ट, बालकृष्ण सम र लेखनाथ पौड्याल प्रिय लाग्छन् । 

नेपालको इतिहासको ‘अन्डर करेन्ट’ मुवमेन्ट सम्बन्धी किताब लेख्दै छु । केही वर्षयता मैले देखेको, भोगेको र प्रत्यक्ष प्रमाण भएका तथ्यको संग्रह भइसकेको छ । किताब लेख्ने काम सकिनै लागेको छ । 

निजी पुस्तकालय नभनौं किताबको संग्रह छ । दुई हजारजति किबात होलान् । छानेर मात्र किताब किन्ने र पढ्ने गर्छु । पहिले बिधार्थी कालमा निशुल्क पाइने माक्र्स, लेनिन, स्टालिन, माओ र जुच्छे बिचारसंग सम्बन्धित पुस्तक खुब पढियो । 

मेरो घुमफिर
चाहेजसरी घुम्न पाएको छैन । धेरथोर रुचि छ । म घुम्नकै लागि जन्मेको होइन कि जस्तो पनि लाग्छ । घुम्ने मानिसमा पर्दिनँ । मेरै देशको रारा र पाथिभरा जस्ता स्थानमा समेत पुग्न सकेको छैन । अहिलेसम्म १५/१६ जिल्ला पुगेको छु । १५/२० देश घुमेको छु । 
घुमेकामध्ये क्यानडाको अटावा असाध्यै मन पर्यो । त्यसपछि नेदरल्यान्ड पनि त्यत्तिकै मन पर्यो । विकासका दृष्टिले चीनको सांघाई र दुबई स्मरणीय लाग्यो । 

मेरो फुर्सद
फुर्सद कम छ । अक्षरको खेतीमा व्यस्त भएपछि आफ्नोबारे सोच्न नभ्याएको धेरै भयो । गरिरहेको काम थाती राखेर आराम गर्ने इच्छा भए पनि पाइरहेको छैन । फुर्सद भइहालेमा पढ्ने, होइन भने साथीभाइसँग गफ गर्न खुब मज्जा आउँछ । 

मेरो खेलकुद
चेस खेल्न मन पर्छ । अरु मानिसले फुटबल खेलेर÷हेरेर आनन्द लिएको देख्दा अचम्म लाग्छ । 

मेरो मोबाइल
ब्ल्याकबेरी र हुवेई गरी दुई मोबाइल सेट प्रयोग गर्छु । ब्ल्याकबेरी उपहार पाएको हुँ, हुवेईको १५ हजार रुपैयाँ परेको थियो । नहराए र नबिग्रिउन्जेल मोबाइल सेट फेर्ने बानी छैन । मोबाइलका एप्लिकेसन्स कमै प्रयोग गर्छु । 

मेरो टीभी
टीभी नियमित नहेरेको १० वर्ष भयो । १० वर्षअघि हेर्दा नेसनल जोग्राफी र एनिमल प्लानेट हेर्थें । त्यतिबेला टीभी हेर्ने साइत राति जुथ्र्यो । त्यतिबेला किनेको सोनी टीभी ३६ इन्चको थियो । 

मेरो चलचित्र
टिकट किनेर चलचित्र हेर्न साथीभाइले लिन आउँछन्, हेरिसक्दासमेत मैले कुन चलचित्र हेरें सम्झना हुँदैन । कथा संवेदनशील अर्थात् दिलदिमाग छुने रहेछ भने सम्झन्छु, नत्र केही थाहा हुँदैन । हेरेको चलचित्रका नाम सम्झना छैन÷हुँदैन । 

मेरो रोग
सन्चै अनुभूत गरेको छु । तर, उच्च रक्तचाप र कोलस्ट्रोलको औषधी सेवन गरि रहेको छु ।  जीवनमा अहिलेसम्म सातपटक ‘होलबडी चेकअप’ गराएको छु । 
मैले संसारमा जित्नु पर्ने र हार्ने केही छैन, बस् मैले आफ्नो कर्तब्य निर्वाह गरि रहेको छु । मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु । कुनै पनि अप्रिय कुराले तनाव दिँदैन । जित्ने र हार्ने तनाव नभएकोले सन्तुष्टसाथ जीवन बिताइरहेको छु । 

मेरो भाषणशैली
त्यतिबेला, भन्नाले बिधार्थीकालमा भाषण गर्दा केही न केही सन्देश दिनुपर्छ भन्ने मान्यता थियो । प्रस्तुति कसरी आकर्षक बनाउने भन्ने लाग्थ्यो । हिजोआज लागेको कुरा समय परिस्थिति हेरेर छोटकरीमा बोल्ने गर्छु । भाषण गर्दा तथ्यपरक र ‘काउन्सिलिङ’ गर्नेखालको हुनुपर्छ भन्नेमा जोड गर्छु । 

मेरो मापसे
जीवनमा नचाखेको केही छैन । दुई÷पाँचपटक बिभिन्न ब्राण्डका ह्वीस्की पनि चाखे ।  मैले खाँदा रेड वाइन खान्थें । हिजोआज पनि वर्षमा एक÷दुईपटक रेड वाइन मुखमा पर्छ । कुनै पनि चीज खाँदा धित मरुन्जेल खाने गर्छु । तर ड्रिंक्समा मेरो रुची छैन । 

मेरो संगीत
गीत/संगीत सुन्छु । बच्चुकैलाश, नारायणगोपाल, शिशिर योगी, प्रदीपराज पाण्डे, भारतीय गायकमा किशोरकुमार र यशु दासका आवाज कर्णप्रिय लाग्छ । जवानीमा गुनगुनाए पनि हिजोआज त्यस्तो बानी छैन । 

मेरो भूल
गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई २०५०को उप निर्वाचनमा हराउनु पर्छ भने । कोइरालाले बनाएको अनौपचारिक कमिटीमा मलाई पनि राखियो । भट्टराईलाई हराउन मेरो बुद्धि र क्षमताको उच्चतम प्रयोग भयो । किसुनजीजस्ता व्यक्तिलाई चुनावमा हराउन मेरो संलग्नता हुनुहुँदैनथ्यो भन्ने पश्चाताप छ । तर, चुनावमा हराएको ६ बर्ष पछि मैले किसुनजीलाई उक्त कुरा जानकारी गराएँ र भनें —“अनाहकमा मलाई अश्लील गाली गर्नुभयो, तपाईंसँग बदला लिने मन बन्यो, युवावस्था थियो, बदलाको भावनाले प्रेरित भएर तपाईलार्य चुनाव हराउने काममा म संलग्न भएँ” । त्यसपछि किसुनजीले भन्नु भयो, त्योबेलाको कुरा सकियो, तपाईं त अब मेरो मान्छे हो नि । यसरी मैले वास्तविकता बताएर उहाँसंग पश्चाताप पनि गरें । 

त्यसबाहेक पनि मैले भूल गरेको छु । लाग्नै नहुने समयमा राजनीतिमा लागें । बन्नै नहुने समयमा कम्युनिस्ट बनें । कम्युनिस्ट बन्न खोज्दाखोज्दै नसकेर काँग्रेस भएँ । कम्युनिस्ट बन्नु सबैभन्दा ठूलो भूल थियो । छाड्नु महाभूल भयो । हिजोआज देशभन्दा ठूलो वाद÷विचार अरु केही  हुँदैन भन्ने निष्कर्षमा पुगेको छु । 

मेरो घर
पहिलो घर झन्डै २६ वर्षअघि बनाएको हुँ । त्यो घर पुख्र्यौली र आफ्नो कमाइबाट बनाएको थिएँ । पछिल्लो समय बनाएको घर आफ्नै आर्जनले बनाएको हुँ । आफूलाई सजिलो हुनेगरी घरको डिजाइन छ । वास्तुशास्त्र हेराएरै घर बनाएको हुँ । 

मेरो राशी
मेरो राशी वृश्चिक हो । आउँदो चैतसम्म ग्रहदशा राम्रो छैन भनेर ज्योतिषीले भनेका छन् । शनिको साढे सातको दशा चलिरहेको छ । संवत् २०७५ देखि धेरै राम्रो हुनेछ । चन्द्रमा कमजोर रहेकाले दाहिने हातको कान्छी औंलामा मोतीको औंठी लगाएको हुँ । साइँली औंलामा लगाएको औंठी राम्रो हुन्छ भनेर ज्योतिषीको सल्लाहमा लगाइरहेको छु । 

मेरो सौन्दर्यचेत
कहिलेकाहीं तेल लगाउँछु । फेसियल गर्ने बानी छैन । अनुहारमा क्रिम लगाउँदिनँ । एकताका पफ्र्युम प्रयोग गर्थें । अहिले छैन । 

मेरो प्रेम
त्यतातिर धेरै छलफल नगरौं किनकि मेरो पारिवारिक जिन्दगी सन्तोषजनक छैन । बिहे गर्नुअघि जसलाई मन पराउँथें, उनलाई अर्कैले बिहे गरे । दुईतर्फी प्रेम रहे पनि बिहे हुन सकेन । केही वर्षअघिसम्म उनको याद आउँथ्यो, अहिले छैन । 

मेरो सपना
प्रत्येक मानिसले दैनिक जीवन बिताउँदा घरभित्र र बाहिर आनन्द अनुभूति गर्ने अवस्था होस् । प्रशासनमा पुग्नबित्तिकै काम होस् । बाटोमा हिँड्दा दृष्य र ध्वनिलगायत कुनै प्रकारको प्रदूषण नहोस् । कसैले दुःख नदेओस् । प्रत्येक मानिस एकले अर्कालाई सम्मान गरून् । प्रत्येक मानिसको भान्छाकोठा सुविधासम्पन्न र ओछ्यान आरामदायी होस् । घर पनि त्यस्तै होस् । काम गर्ने ठाउँ आरामदायी होस् । कसैलाई कुनै प्रकारको असुविधा नहोस् । मानिसमा आध्यात्मिक चेत होस् । 
मेरो आफ्नै नीजि भविष्यको सपना छैन । म सक्रिय रहुन्जेल देखेको लेख्ने र बोल्ने गर्नेछु । देशप्रति गर्नुपर्ने काममा लेख्ने र बोल्नेचाहिँ गरिरहन्छु । 

मेरो मृत्यु
मृत्यु सोचिरहनुपर्ने चीज होइन । मृत्यु सामान्य घटना हो । मृत्युबारे सोच्दै सोच्दिनँ । मृत्युसँग डर पनि लाग्दैन । जब म मृत्युसँग डराइनँ त्यसपछि म लेख्ने र बोल्न सक्ने भएँ । बाँकी कसैसँग डर छैन । किनकि सबैभन्दा पहिले म मृत्युसँग नडराउने भएँ । जीवनमा दुईपटक मृत्युका नजिक÷नजिक पुगेको थिएँ । मृत्युबारे पनि कुनै सपना छैन । यसबारे चिन्ता र चिन्तन कहिल्यै गरिनँ र गर्दिन पनि । 

यो जीवनकथा पनि पढ्नुहोस्

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

 

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ