शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रुज शिपमा रोकिएका हज्जारौं व्यक्तिलाई पाँच दिनपछि छोडियो

सोमबार, २७ माघ २०७६, ०७ : १०
सोमबार, २७ माघ २०७६

हङ्गकङ्गमा पाँच दिनदेखि एक क्रुज शिपमा फसेका हज्जारौं व्यक्तिलाई कोरोना भाइरस परीक्षणमा नेगेटिभ भेटिएपछि बाहिर जाने अनुमती दिइएको छ ।

वर्ल्ड ड्रीम शिपमा सवार ३ हजार ६ सय यात्री र क्रुका सदस्यलाई पछिल्लो यात्रामा भाइरसको सम्पर्कमा आएका छन् कि भन्ने डरले क्रुजभित्रै रोकिएको थियो ।

अर्को एक क्रुज शिपमा दर्जनौं यात्री कोरोना भाइरसबाट ग्रस्त भएको पुष्टि भइसकेको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या केहि वर्ष फैलिएको सार्स (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) भन्दा पनि धेरै भइसकेको छ ।

जहाजलाई किन रोकिएको थियो ?

सार्सका कारण सन् २००३ मा दुई दर्जनबढी देशमा ७ सय ७४ को मृत्यु भएको थियो ।

कोरोना भाइरसको केन्द्र भनिने हुबेई प्रान्तका क्षेत्रीय स्वास्थ्य अधिकारीका अनुसार उक्त क्षेत्रमा मात्रै ७ सय ८० को मृत्यु भइसकेको छ ।

संसारभरीका करिब ३ लाख ४८ हजार व्यक्ति यसबाट संक्रमित भइसकेका छन् जसमध्ये सबैभन्दा धेरै चीनमा छन् ।

वर्ल्ड ड्रीम शिपका सबै यात्री र क्रु सदस्यलाई बुधबार रोकिएको थियो किनभने उनीहरुसँग पछिल्लो यात्रामा रहेका तीन यात्री भाइरसबाट संक्रमित भएको जानकारी थियो ।

चीफ पोर्ट हेल्थ अफिसर लेंग यिउ–हंगले क्रुका सबै सदस्य (करिब १८ सय व्यक्ति) कोरोना भाइरस परीक्षणमा नेगेटिभ पाइए र सबैलाई जहाज बाहिर जाने अनुमती दिइएको बताए ।

आइतबार हङ्कङ्गका स्वास्थ्यमन्त्रीले ४ सय ६८ जनालाई घर, हाटल वा सरकारको तर्फबाट चलाइएको सेन्टरमा बस्ने आदेश दिइएको जानकारी दिए ।

यसअघि सरकारले चीनबाट आउने कुनै पनि व्यक्तिलाई दुई हप्तासम्म अनिवार्य रुपमा सबैबाट अलग बस्नुपर्ने आदेश दिएको थियो ।

चीनका लाखौं मानिसहरु लूनर न्यू इयरको बढेको छुट्टीपछि अब काममा फर्कने तयारी गरिरहेका छन् । भाइरलको संक्रमण थप नबढोस् भनेर छुट्टी बढाइएको थियो ।

 यद्यपि, धेरैजसो कम्पनी र व्यवसाय अझै पनि बन्दै हुनेछन् र मानिसहरु घरबाटै काम गर्ने आशा गरिएको छ ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार राजधानी बेइजिङ नजिकैको हुबेई प्रान्तका सबै विद्यालय १ मार्चसम्म बन्द हुनेछन् ।

साथै, हुबेईका थुप्रै इलाका पूर्ण रुपमा बन्द छन् । अन्य इलाकामा पनि आवतजावत र समूह बनाएर बस्न रोक लगाइएको छ ।

थप के भइरहेको छ ?

क्योदो न्यूज एजेन्सीको रिपोर्ट अनुसार डायमन्ड प्रिन्सेस क्रुजमा अन्य थुप्रै व्यक्ति भाइरसद्वारा संक्रमित भएको बताइएको छ ।

यो क्रुज शिपलाई करिब एक हप्तासम्म जापानको योकोहामा शहरमा रोकिएको थियो ।

अधिकारीका अनुसार ३ हजार ७ सय यात्री र क्रु सदस्य भएको यो शिपमा शनिबारसम्म ६४ जनामा उक्त भाइरस देखिएको छ ।

यसबाहेक ब्रिटेनमा कोरोना भाइरसका चौथो घटना सार्वजनिक भएको छ । यी व्यक्ति फ्रान्समा संक्रमित भएका थिए ।

एक बेलायती पुरुष मालोर्कामा भाइरसद्वारा संक्रमित भएको पुष्टि भएको छ । यो स्पेनको दोस्रो घटना हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप