सरकारलाई काँग्रेसको प्रश्न: चीनमा रहेका नेपालीको उद्धार कहिले, रेल आएपछि ?
सोमबार, २७ माघ २०७६, १३ : ०४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा ? कि पछि चीनबाट रेल आएपछि डब्बामा ? उद्धार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?,’ शर्माको प्रश्न मिश्रित आक्रोश छ । चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइको जवाफ दिने मुटु र उद्धार गर्ने हात छन् कि छैनन् भन्दै सरकारसँग उनले सोधे ।
शर्माले अगाडि लेखेका छन्, ‘बहिनी प्रमिलाको दाइ सम्पादक कृष्णज्वाला देवकोटाको क्रन्दन पढ्नुभयो ? जवाफ दिने ‘मुटु’ र उद्धार गर्ने हात छन्, छैनन् सरकारसँग ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण