केन्द्रीय संस्करण
खगोल यात्रा

सौर्यमण्डल अथवा सौर परिवार

यस कारण सम्भव भएको हो पृथ्वीमा जीवन

person explore access_timeमाघ २८, २०७६ chat_bubble_outline0

 

भाइ बहिनीहरु,  पछिल्लो लेखमा तिमीहरुसंग  आकाश- अन्तरिक्षबारे चर्चा गरेको थिए । थाहा पायौ होइन त कति  विशाल छ अन्तरिक्ष ? यस  विशाल अन्तरिक्षमा  खरबौं खगोलीय संरचना (Celestial Body ) छन् । तिनैमध्ये एउटा खगोलीय संरचना अथवा पिण्डलाई सूर्य भनिन्छ । सूर्य एक्लै छैन । यसको आफ्नो पूरा परिवार छ । सूर्यको सम्पूर्ण परिवारलाई सौर्यमण्डल  अथवा सौर्य परिवार (Solar System Or  Solar Family )   भनिन्छ । तिमी हामी जुन पृथ्वी नामक ग्रहमा बसेका छौं, यी पृथ्वी पनि सूर्यको सौर्य परिवारको सदस्य हुन् । यस सौरपरिवारमा परिवारको मुखिया सूर्य एउटा मात्र छन् ।  परिवारको मुखिया एउटै मात्र हुनुपर्छ । परिवारमा धेरै मुखिया भएको खण्डमा  त्यहाँ  अनुशासनको सट्टा अराजकता फैलिएर भताभुङ्ग हुने स्थिति  सिर्जना हुन्छ ।  एक मुखिया रहेको सौरपरिवारमा अन्य लाखौं सदस्य छन्  । सबै सदस्यले अ- आफ्नो अनुशासनमा रही मुखिया सूर्यको परिक्रमा गर्छन् ।

सौरपरिवारमा पृथ्वीबाहेक अन्य सातवटा ग्रह (Planet )  छन् । सौरपरिवारका लाखौं लाख  सदस्यहरुमा ग्रह, उपग्रह (satellite - moon ), वामनग्रह (Dwarf Planet), क्षुद्रग्रह ( Asteroids  Or  Minor  Planets),  धूमकेतुको  (Comets)  गणना  हुन्छ ।  यी सबैले प्रत्यक्ष (Direct ) अथवा अप्रत्यक्ष (Indirect) रूपले सूर्यको परिक्रमा गर्छन्  ।

अहिलेसम्म ज्ञात भएअनुसार पृथ्वीबाहेक अन्य कुनै ग्रहमा जीवन भेट्टिएको छैन । सौर्यमण्डलको केन्द्र सूर्य हो । सूर्यको परिवारलाई नै सौर्यमण्डल वा सौर्यपरिवार भनिन्छ । सौर्यपरिवारको सदस्यमा सूर्यको सबैभन्दा नजिकको  ग्रह बुध (Mercury)  हो । बुध ग्रहपछि  शुक्र ग्रह  (Venus ) र  तेस्रो नम्बरमा हामी बसेको पृथ्वी ग्रह (earth ) र  त्यसपछि मंगल ग्रह (Mars) रहेका छन् । मंगलपछिको अर्को ग्रह बृहस्पति  (Jupiter ) हो   । बृहस्पति ग्रह नै आठवटा ग्रहमध्ये सबैभन्दा ठूलो ग्रह हो । बृहस्पतिपछि सूर्यबाट क्रमशः  शनि ग्रह  ( Saturn ) त्यसपछि अरुणग्रह (Uranus) र सबैभन्दा टाढा वरुण ग्रह (Neptune) रहेका छन् । सूर्यदेखि चौथो नम्बरको ग्रह मङ्गलसम्म मात्रै ठोस धरातल छ ।

मंगल पछिका अन्य सबै ग्रहमा ठोस धरातल छैन । बृहस्पति र  त्यसपछिका सबै ग्रहहरु ग्याँसले भरिएका ग्रहहरु हुन् ।

पछिल्लो लेखमा मैले तिमीहरुलाई पृथ्वी र सूर्य बीचको दूरीबारे भनेको थिए । पृथ्वी र सूर्यबीचको दूरी १४ करोड़ ९६ लाख किमी हो । खगोलीय भाषामा यस दूरीलाई १ "एस्ट्रोनोमिकल यूनिट" (astronomical unit ) भनिन्छ । यसलाई छोटकरीमा ‌‘एयू’ पनि भन्न सकिन्छ । सबैभन्दा टाढाको वरुण ग्रह र सूर्यबीचको औसत दूरी ३० दशमलब १०३ "एस्ट्रोनोमिकल यूनिट " रहेको छ । यसो भनौं हामी बसेको पृथ्वी र सूर्यबीचको दूरीभन्दा ३० गुना बढ़ी दूरी छ सूर्य र वरुण ग्रहका बीच । पृथ्वीसम्म सूर्यको  प्रकाश आइपुग्न   ५०० सेकेण्डको समय लाग्छ भने हिसाब गरी हेर वरुण ग्रहसम्म सूर्यको प्रकाश पुग्न कति   समय लाग्छ होला ?

हिसाब सजिलै छ । प्रकाश १ सेकेण्डमा २ लाख ९९ हज़ार  ७९२ किमीको गतिले हिँड्छ । सूर्यबाट १ "एस्ट्रोनोमिकल  यूनिट" (एयू) टाढा रहेको पृथ्वीसम्म सूर्यप्रकाश आइपुग्न ५०० सेकेण्डको समय लाग्छ । यसको अर्थ   हामी भन्न सक्छौं प्रकाशलाई १ ' एयू'  ("एस्ट्रोनोमिकल यूनिट")  दूरीको यात्रा तय गर्न ५०० सेकेण्डको समय लाग्छ । अब हामीलाई सूर्य र वरुण ग्रह बीचको दूरी थाहा छ । यो दूरी ३०.१०३ 'एयू '  छ । यसको अर्थ स्पष्ट छ - वरुण ग्रहसम्म सूर्यको प्रकाश पुग्न  ३०.१०३ * ५०० = १५०५१ सेकेण्डको समय लाग्छ । तिमी भन्न सक्छौ वरुण ग्रह सूर्यदेखि १५०५१ प्रकाशसेकेण्ड टाढा छ ।

वरुण ग्रह सूर्यबाट  सबैभन्दा टाढा रहेको ज्ञात भएको ग्रह हो । तर यो सूर्यबाट सबैभन्दा टाढा रहेको वस्तु -संरचना अथवा खगोलीय पिण्ड होइन। वरुणग्रह भन्दा पर पनि थुप्रै खगोलीय पिण्डहरु छन् । खगोल विज्ञानले वरुण ग्रहभन्दा पर रहेका सबै वस्तु अथवा पिण्डलाई 'वरुण पारीका वस्तु ' ( Trans Neptune Objects ) भन्ने गर्छ ।

सौरपरिवारमा यी आठवटा ग्रहका अतिरिक्त अनेको  क्षुद्रग्रह, उल्कापिण्ड, धुम्रकेतु र विभिन्न किसिमका चट्टान एवं  धूलोका कण  (Meteor ) पनि रहेका छन् । सानो कणदेखि भीमकाय ग्रहसम्मका सबै संरचना  सौर्यमण्डलका सदस्य हुन् ।

सौर्यमण्डलमा रहेका सबै वस्तु अथवा पिण्ड सूर्यको गुरुत्वाकर्षणबाट (Gravity )   बाँधिएका छन् । त्यही भएर यी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सूर्यको परिक्रमा गर्छन् ।

वैज्ञानिकहरूका अनुसार सौर्यमण्डलको निर्माण ४.६०३  अर्ब वर्ष पहिला भएको थियो । वैज्ञानिकका अनुसार सूर्य एवं समस्त सौर परिवारको निर्माण अन्तरिक्षमा घुमिरहेका विशाल  ग्याँसका बादल एवं धूलो  ( Giant, Rotating Cloud Of  Gas And  Dust ) बाट भएको थियो । वैज्ञानिक भाषामा यस्तो बादललाइ 'नेबुला' (Nebula ) भनिन्छ ।


सूर्य नै हाम्रो सौर्यमण्डलको मुखिया हो ।सूर्यको अनुपस्थितिमा तिम्रो हाम्रो मात्र होइन, हाम्रो सौर्यपरिवारका कुनै पनि खगोलीय  पिण्डको अस्तित्व रहन सक्दैन । अस्तित्व रहँदैन भन्नुको अर्थ गलत नबुझ्नु । सूर्य नभए  पनि यी सबै रहन सक्छन् तर कहाँ हुन्छन् थाहा हुँदैन ।


सूर्य नै हाम्रो सौर्यमण्डलको मुखिया हो ।सूर्यको अनुपस्थितिमा तिम्रो हाम्रो मात्र होइन, हाम्रो सौर्यपरिवारका कुनै पनि खगोलीय  पिण्डको अस्तित्व रहन सक्दैन । अस्तित्व रहँदैन भन्नुको अर्थ गलत नबुझ्नु । सूर्य नभए  पनि यी सबै रहन सक्छन् तर कहाँ हुन्छन् थाहा हुँदैन । सूर्यको गुरुत्वाकर्षणले बाँधिएकै कारण   यी सबै अहिले हामीले थाहा पाएका निर्दिष्ट  स्थानमा रहेका छन् । सूर्यको अनुपस्थितिमा यी सबै पिण्डहरु अनन्त अन्तरिक्षको विराटतामा लोप हुन्छन् ।

पृथ्वीमा जीवन

 सूर्य र पृथ्वी बीच जुन दूरी रहेको छ  त्यसैले यहाँ जीवन सम्भव भएको हो ।

 कल्पना गर,यदि  पृथ्वी बुधग्रह सरह सूर्यको नजिक भएको भए अथवा वरुणग्रह जस्तै टाढा भएको भए के पृथ्वीमा जीवन संभव हुन्थ्यो ? यसको सहज उत्तर हो : हुन्नथ्यो । बुधग्रह जस्तो नजिक भएको भए प्रकाशको प्रचण्ड रापको कारणले कुनै पनि प्राणीको अस्तित्वको त के कुरा, यहाँ कुनै पनि प्रकारको जीवन चक्र प्रारम्भ हुने अति प्राथमिक  शर्तहरु नै पुग्ने थिएनन् । वरुणग्रह जस्तो टाढा भएको भए प्रकाशको अति कमीले गर्दा ग्रहको संरचना नै ठोसको सट्टा ग्याँसको रुपमा नै रहिरहन्थ्यो ।

https://cdn.vox-cdn.com

कुनै पनि ग्रहमा जीवन हुनलाई सबैभन्दा पहिलो र अति महत्त्वपूर्ण  शर्त त्यस ग्रहको आफ्नो मातृतारासंगको  दूरी हुन्छ ।  वैज्ञानिक भाषामा यसलाई ' ह्यभिटेबल  ज़ोन' (Habitable zone) भनिन्छ ।


कुनै पनि ग्रहमा जीवन हुनलाई सबैभन्दा पहिलो र अति महत्त्वपूर्ण  शर्त त्यस ग्रहको आफ्नो मातृतारासंगको  दूरी हुन्छ ।  वैज्ञानिक भाषामा यसलाई ' ह्यभिटेबल  ज़ोन' (Habitable zone) भनिन्छ । आफ्नो मातृतारासंग उचित दूरीमा भएका ग्रहमा मात्रै तरल पानीको उपलब्धता हुनसक्छ । तिमीहरुलाइ थाहै छ, तरल पानीको अभावमा हामीले जानेको जीवन उपलब्ध हुने सम्भावना नै रहँदैन ।

हामी बसेको पृथ्वीको आफ्नो मातृ तारासंगको दूरी 'परफेक्ट  ह्यभिटेबल  ज़ोन' मा छ ।यसै कारण पृथ्वीमा जीवन सम्भव भएको हो ।  वैज्ञानिकहरुले अन्य थुप्रै ताराका सौरपरिवारबारे पनि पत्ता लगाएका छन् । हाम्रो सबैभन्दा नजिकको अर्को सौर परिवार ''प्रोक्सिमा सेन्टउरी''  (Proxima Centauri) हो ।  जस्तो कि हामीले थाहा पाइसकेका छौं, प्रकाशले एक सेकेण्डमा २  लाख ९९ हजार ७९२ किमीको दूरी तय गर्छ । यस गतिले सूर्यको प्रकाशलाई पृथ्वीसम्म आइपुग्न ५०० सेकेण्ड अथवा ८ मिनेट २०  सेकेण्डको समय लाग्छ ।

सूर्य र पृथ्वी बीचको दूरीलाई विज्ञानले ५०० प्रकाश सेकेण्ड अथवा ८ मिनेट २० प्रकाश सेकेण्ड  मान्ने गर्छ । यसले हिसाब गर्न सजिलो बनाउँछ । अन्यथा करोडौं किमीको हिसाब गर्न धेरै समय र साधन आवश्यकता पर्छन् ।   अरबौं खरबौं किमी टाढा रहेका विभिन्न  खगोलीय पिण्डहरूको दूरी प्रकाशवर्ष (Light Year )  यूनिटले  अध्ययन गरिन्छ । याद राख है 'एस्ट्रोनोमिकल यूनिट' र प्रकाशवर्ष दुबै दूरी नाप्ने यूनिट हुन् ।

https://i.pinimg.com

खगोलविदहरुले नजिकको खगोलीय दूरी नाप्न 'एस्ट्रोनोमिकल यूनिट' र टाढा को खगोलीय दूरी नाप्न प्रकाशवर्ष यूनिटको प्रयोग गर्छन् । तिमीहरु पनि त खगोलविदहरुले जस्तै नै दूरी नाप्ने बेग्लाबेग्लै यूनिट प्रयोग गर्छौ होइन ?


खगोलविदहरुले नजिकको खगोलीय दूरी नाप्न 'एस्ट्रोनोमिकल यूनिट' र टाढा को खगोलीय दूरी नाप्न प्रकाशवर्ष यूनिटको प्रयोग गर्छन् । तिमीहरु पनि त खगोलविदहरुले जस्तै नै दूरी नाप्ने बेग्लाबेग्लै यूनिट प्रयोग गर्छौ होइन ?  याद गर त सेन्टिमिटर, मिटर, किलोमिटरका नाप । तिमी एउटा शहरबाट अर्को शहरको दूरी सेन्टिमिटर अथवा मिटरमा त जान्ने प्रयास गर्दैनौ । त्यस्तै आफ्नो घरको एउटा कोठाबाट अर्को कोठाको दूरी भन्न किमीको पनि प्रयोग गर्दैनौ । यो सजिलोका लागि गर्छौ होइन र ?

 हाम्रो सौर्यमण्डल र नजिकको अर्को सौर्यमण्डल  'प्रोक्सिमा सेन्टउरी' बीचको दूरी ४.२ प्रकाशवर्ष रहेको छ । अब हेर त ४.२ प्रकाशवर्ष दूरीलाई किमीमा लेख्न कति  लामो हुन्छ । एक प्रकाशवर्षमा ९४ खरब ५४ अर्ब २४ करोड़ ५ लाख १२ हज़ार किमी अथवा ६३ हज़ार १९६ 'एस्ट्रोनोमिकल यूनिट' हुन्छन् ।'प्रोक्सिमा सेन्टउरी' को दूरी किमीमा ३९७ खरब ७ अर्ब ८१ करोड़ १ लाख ५० हज़ार ४०० हुन आउँछ । र, 'एस्ट्रोनोमिकल यूनिट' मा २ लाख ६५ हज़ार ४२३ हुन्छ । अब त तिमीहरुलाई स्पष्ट भयो होला प्रकाशवर्षमा हिसाब गर्न कति  सजिलो हुन्छ । खगोलविदले प्रकाश वर्षभन्दा पनि ठूलो यूनिट प्रयोगमा ल्याउँछन् । यसलाई पारसेक (parsec) भनिन्छ । एक पारसेकमा ३.२६ प्रकाशवर्ष  अथवा ३.०९× १०१३  किमी हुन्छन् ।

अन्तरिक्षमा हाम्रो सौर्य परिवारको सीमाना 

अब तिम्रो मनमा प्रश्न उठ्न सक्छ,अन्तरिक्षमा हाम्रो सौर्य परिवारको सीमाना  कति टाढासम्म  छ ?

सूर्यबाट सबैभन्दा नजिकको  ग्रह बुध हो भने सबैभन्दा टाढाको ग्रह वरुण रहेको छ । वरुणग्रह सूर्यबाट औसत रुपमा ३०. १०३ 'ऐयू ' (एस्ट्रोनोमिकल यूनिट ) टाढा छ । भनाइको अर्थ वरुणग्रहको सूर्यबाट दूरी, पृथ्वी र सूर्यको दूरीभन्दा ३० गुणा बढी छ । तर वरुणग्रह नै पनि हाम्रो सौर्यमण्डलको अन्तिम सीमाना होइन  ।

सौर्यमण्डलको अन्तिम सीमाना त्यहाँसम्म छ, जहाँसम्म सौर्य हावा (Solar  Wind ) पुग्छ । सौर्य हावा जहाँसम्म पुग्छ, त्यो नै सौर्यमण्डलको अन्तिम सीमाना हो । सूर्यको चारैतिरको १२२  ‘एस्ट्रोनोमिकल  यूनिट’ टाढासम्मको क्षेत्रलाई ‘हेलियोस्फेयर’ (Heliosphere)   भनिन्छ । यो नै हाम्रो सौर्यमण्डलको अंतिम सीमाना हो । यसपछि ‘इन्टरस्टेलर स्पेश’  (Interstellar  Space ) प्रारम्भ हुन्छ ।

https://s22380.pcdn.co

अरुण ग्रह र वरुण ग्रह नजिक पुग्ने मानवनिर्मित वस्तु भोयजर- २ यान मात्रै हो । भोयजर–२  प्रोजेक्टका वैज्ञानिक एडवर्ड सी स्टोनका अनुसार यस यानले  ५ नोभेम्बर २०१८ का दिन 'हेलियोस्फेयर’ पार गरी ‘इन्टरस्टेलर' आकाशमा प्रवेश गरेको थियो । यी दुबै यान अनुमानित १७ किमी प्रति सेकेण्डको गतिले यात्रा गरिरहेका छन् ।


मानव निर्मित दुइटा  यान भोयजर–१( Voyager -1)   र भोयजर -२ (Voyager -2 )    सौर्यमण्डलको सीमाना ‘हेलियोस्फेयर’लाई पार गरी ‘इन्टरस्टेलर’ आकाशमा पुग्न सफल भएका  छन्  । ५ सेप्टेम्बर १९७७ मा प्रक्षेपण गरिएको  भोयजर–१ यानले २५  अगस्ट  २०१२  का दिन ‘इन्टरस्टेलर’ आकाशमा प्रवेश गरेको थियो । १९ जनवरी सन २०२० का दिन भोयजर–१ यान  पृथ्वीबाट १४८ दशमलब ७१ 'ऐ यू' टाढा पुगेको थियो । प्रक्षेपित गरिएको ४२ वर्ष ४ महिना २७ दिन अर्थात यो लेख लेखिरहेको दिन २ फेब्रुअरी २०२० का दिनसम्म यसले "नासा" संग संपर्क गरी रहेको छ ।   भोयजर–१ भन्दा पहिला भोयजर– २ प्रक्षेपित गरिएको थियो । भोयागर -२ लाई २० अगस्ट १९७७  मा प्रक्षेपित गरिएको थियो । अरुण ग्रह र वरुण ग्रह नजिक पुग्ने मानवनिर्मित वस्तु भोयजर- २ यान मात्रै हो । भोयजर–२  प्रोजेक्टका वैज्ञानिक एडवर्ड सी स्टोनका अनुसार यस यानले  ५ नोभेम्बर २०१८ का दिन 'हेलियोस्फेयर’ पार गरी ‘इन्टरस्टेलर' आकाशमा प्रवेश गरेको थियो । यी दुबै यान अनुमानित १७ किमी प्रति सेकेण्डको गतिले यात्रा गरिरहेका छन् । यतिको तीव्र  गतिले यात्रा गरे पनि यी यानलाइ ''प्रोक्सिमा सेन्टउरी'' सम्म पुग्न ७० हज़ार वर्षको समय लाग्छ ।

सूर्यको प्रकाशलाई सौर्यमण्डलको सीमाना ‘हेलियोस्फेयर’ सम्म पुग्न झण्डै ६१ हज़ार सेकेण्ड अथवा १०१६ मिनेट अथवा १७ घण्टाको समय लाग्छ  । तिमीहरुलाइ पुन: स्मरण गराऔं, प्रकाशलाई एक ‘एस्ट्रोनोमिकल यूनिट’ को यात्रा गर्न ५००  सेकेण्डको समय लाग्छ ।


सौर्यमण्डल भनेको कुनै तारा अर्थात सूर्य वरिपरि रहेर परिक्रमा गर्ने ग्रह लगायत सबै खगोलीय पिण्डहरुको संयुक्त रुप हो  । हाम्रो सौर्यमण्डलमा सूर्यबाहेक अन्य कुनै पनि संरचनासँग आफ्नो प्रकाश हुँदैन। प्रकाशका लिग सौर परिवारका सबै सदस्यले    आफ्नो माउतारा अर्थात सूर्यमाथि निर्भर हुनुपर्दछ ।


अब त तिमीहरुले बुझी सक्यौ होला- सौर्यमण्डल भनेको कुनै तारा अर्थात सूर्य वरिपरि रहेर परिक्रमा गर्ने ग्रह लगायत सबै खगोलीय पिण्डहरुको संयुक्त रुप हो  । हाम्रो सौर्यमण्डलमा सूर्यबाहेक अन्य कुनै पनि संरचनासँग आफ्नो प्रकाश हुँदैन। प्रकाशका लिग सौर परिवारका सबै सदस्यले    आफ्नो माउतारा अर्थात सूर्यमाथि निर्भर हुनुपर्दछ ।

 अझ स्पष्ट बुझ ,सौरपरिवारमा रहेका कुनै पनि पिण्ड स्थिर रहन सक्दैन । सबैले सूर्यको परिक्रमा गर्छन् । तर सौरपरिवारमा केही यस्ता पनि पिण्ड हुन्छन् जसले सीधै सूर्यको परिक्रमा गर्दैनन्। तिमीहरुले चिनेको चन्द्रमा पनि यस्तै पिण्ड हो ।  चन्द्रमा जस्तो खगोलीय पिण्डलाई उपग्रह( satellite )  भनिन्छ ।  जुन पिण्डले ग्रहको परिक्रमा गर्छन, तिनलाई उपग्रह अथवा 'स्याटेलाइट' भनिन्छ । पृथ्वीबाट वैज्ञानिकहरुले अन्तरिक्षमा पठाएका  आदि यावत यन्त्रलाई 'स्याटेलाइट'  भन्नुको कारण यी सबैले पृथ्वीको परिक्रमा गर्छन् । थाहा पाई राख पृथ्वीको अन्तरिक्षमा पुगेका कुनै पनि वस्तुलाई गति लिन आफ्नो शक्ति प्रयोग गर्नु पर्दैन । पृथ्वीको गुरुत्वाकर्षण शक्तिका कारण अन्तरिक्षमा पुगेको जुनसुकै र जस्तोसुकै वस्तुले पृथ्वीको परिक्रमा गर्छन् । उपग्रहसँग पनि प्रकाशको स्रोत हुँदैन, यसले पनि प्रकाशका लागि सौर्यमण्डलको स्वामी तारामाथि (सूर्य) निर्भर रहनुपर्छ ।

अब यसरी बुझ, हामीले आकाशमा देख्ने खर्बौ तारामध्ये (हामीले आकाशमा देख्ने सबै संरचना तारा होइनन्) हाम्रो सौर्यमण्डलका माउतारा सूर्यलाई परिक्रमा गर्ने खगोलीय पिण्ड र यी  ग्रह नामक खगोलीय पिण्डको परिक्रमा गर्ने समस्त उपग्रह (चन्द्रमा) रुपी खगोलीय पिण्ड लगायत अन्य सबै प्रकारका खगोलीय पिण्डको   संयुक्त रुप नै सौर्यमण्डल अथवा सौरपरिवार हो ।

हाम्रो  सौर्य परिवार बाहेक वैज्ञानिकहरूले अन्य केही सौर्यमण्डल  पनि पत्ता लगाएका छन् । त्यसमा प्रमुख हुन ‘ट्रैपिस्ट–१ ’ ताराको सौर्य परिवार, ''प्रोक्सिमा सेंटूरि''  ताराको सौर्य परिवार ‘केप्लर ’ ताराको सौर्य परिवार ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.