बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गरिबीमा आधारित १ अर्ब ३० करोडमा बनेको ‘प्यारासाइट’: संसारभरी १९ अर्ब कमायो, चार ओस्कार पनि जित्यो

मङ्गलबार, २८ माघ २०७६, ११ : ५८
मङ्गलबार, २८ माघ २०७६

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले ९२ औं एकेडेमी अवार्डमा बेस्ट पिक्चरसहित चार ठूला अवार्ड आफ्नो पोल्टोमा पार्‍यो । ओस्कारको इतिहासमा बेस्ट पिक्चरको अवार्ड जित्ने यो पहिलो विदेशी भाषाको फिल्म हो । १ अर्ब ३० करोडमा बनेको यो फिल्मले थुप्रै ठूला फिल्मलाई पछार्दै यो स्थान हासिल गरेको हो । यसमा अमेरिकी फिल्म ‘जोकर’, ब्रिटिश वार एपिक ड्रामा’ र ब्रिटिश अमेरिकी फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ समावेश छन् ।    

बजेटभन्दा १४ गुणा बढी कमाई गरेको थियोः

बंग जून होको निर्देशनमा बनेको ‘प्यारासाइट’ लाई क्वाक सिन ऐले निर्माण गरेका थिए । बक्स अफिसमा फिल्मले ठूलो सफलता हासिल गरेको थियो । फिल्मले विश्वव्यापी बजेटभन्दा १४ गुणा बढी (१९ अर्ब रुपैयाँ) कमाई गरेको थियो । रोचक कुरा के छ भने यसमा घरेलु बक्स अफिसको २१.८ प्रतिशत हिस्सा मात्रै छ । जबकी कमाईको बाँकी ७८.२ प्रतिशत हिस्सा संसारका अन्य देशबाट आएको हो ।

ओस्कारको प्यारासाइटको परिणाम ६६.६ प्रतिशतः

ओस्करमा ‘प्यारासाइट’ को परिणाम ६६.६ प्रतिशत रह्यो । वास्तवमा, यो फिल्मलाई ६ विधा – बेस्ट पिक्चर, बेस्ट इन्टरनेशनल फिल्म, बेस्ट डायरेक्सन, बेस्ट ओरिजिनल स्क्रिनप्ले, बेस्ट प्रोडक्सन डिजाइन र बेस्ट एडिटिङमा मनोनित गरिएको थियो । यीमध्ये सुरुवाती चार विधामा फिल्मले ओस्कर अवार्ड हासिल गर्‍यो । जबकी बेस्ट प्रोडक्सन डिजाइनको अवार्ड ‘वन्स अपन अ टाइम इन हलिउड’ र बेस्ट एडिटिङको अवार्ड ‘फोर्ड एण्ड फरारी’ ले पायो ।

 प्यारासाइटको कहानीः

फिल्म ‘प्यारासाइट’ को कहानी निकै मार्मिक छ र यसमा समाजिक व्यवस्थाको विषय उठान गरिएको छ । कहानी दुई दक्षिण कोरियाली परिवारसँगै अघि बढ्छ । उनीहरु दुबै शहरमा बस्छन् तर एउटा परिवार निकै धनी र अर्को असाध्यै गरिब हुन्छन् । दुई परिवारको दैनिक संघर्ष देखाइएको छ तर दुबैका आवश्यकता नितान्त फरक छन् । फिल्ममा परिवार, धन, देखावटी र बदलाको भावनालाई संवेदनशीलताका साथ पर्दामा उतारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप