शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्प फागुन १२ मा भारत आउने

मङ्गलबार, २८ माघ २०७६, १५ : २६
मङ्गलबार, २८ माघ २०७६

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यही महिना भारत यात्रामा आउदैंछन् ।  भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५(फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुनेछन् ।

 अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुनेछिन् । भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् ।  अमेरिकी सरकारको तर्फबाट जारी गरिएको बयानमा अघिल्लोहप्ता राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी भयो । 

भ्रमणको दौरान दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप