बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओह प्रिया’ घोषणा, निर्देशकमा बोहरा

बुधबार, २९ माघ २०७६, ११ : १६
बुधबार, २९ माघ २०७६

काठमाडौं । सूर्य बोहराको निर्देशन रहने नयाँ फिल्म ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार चावहिलको गणेश स्थानमा स्क्रिप्ट पूजा गर्दै  फिल्म घोषणा गरिएको हो । 

सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि फिल्म नेपालसँगको सहकार्यमा निर्माण हुन लागेको फिल्मको लेखन समेत निर्देशक बोहराले नै गरेका हुन् । 

सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको फिल्मका गीतमा एलिस कार्कीको संगीत रहने छ ।
 
नेपालका साथमा वेल्स, स्कटल्याण्ड, लण्डन र क्यानडामा छायाँकन हुने बताइएको फिल्मका लागि अहिले प्राबिधिक र कलाकारको छनौट कार्य भइरहेको छ । 

निर्देशक बोहराको अहिले ‘हेलो जिन्दगी’ रिलिज हुन बाँकी छ । फिल्म आगामी बर्षको दशैको छेकोमा प्रदर्शनमा ल्याइने निर्देशक बोहोराले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप