शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वडासदस्य चेपाङको निधन

बुधबार, २९ माघ २०७६, १२ : ३८
बुधबार, २९ माघ २०७६

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति उपचारका क्रममा  भरतपुर अस्पतलमा उनको  निधन भएको हो ।  

यही माघ २२ गते गाउँपालिका कार्यालय आएका उनी अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए । उनले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको  एम्बुलेन्समार्फत भरतपुर अस्पताल पु-याइएको थियो । 

अचेत अवस्थामा अस्पताल पु¥याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । 

वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै  कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप