शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लक्का जवान’ गीत : दिलिपले किन भने प्रियंकालाई ‘मुसुक्कै हाँसन माया’ ?

बुधबार, २९ माघ २०७६, २० : ५२
बुधबार, २९ माघ २०७६

काठमाडौं । हास्यकलाकार शिवहरी पौडेलको निर्देशन रहेको फिल्म ‘लक्का जवान’को दोस्रो गीत ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा जुना रिजाल काफ्ले र बाबुलकै स्वर छ । 

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी लगायत देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतले फिल्मको हाइप बढाउने बिश्वास निर्माण पक्षको रहेको छ । गीतको भिडियोमा दीलिपसँग प्रियंका र सलोनसँग वर्षाको रोमान्स देख्न सकिन्छ । 

आगामी चैत २१ गतेबाट प्रदर्शनमा आउने फिल्ममा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।‘लक्का जवान’ को सह निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, 

सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको फिल्मले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । निर्देशक शिवहरीको यो निर्देशनमा डेब्यु फिल्म हो ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप