मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनयुद्ध दिवसमा शहिदनगरमा बिहिवार सार्वजनिक बिदा

बुधबार, २९ माघ २०७६, २१ : ३४
बुधबार, २९ माघ २०७६

जनकपुर । धनुषाको शहिदनगर नगरपालिकाले बिहीबार सार्वजनिक विदा घोषणा गरेको छ । बिहिबार फागुन १ गते पर्ने तत्कालिन नेकपा माओवादीले गरेको सशस्त्र संघर्ष अर्थात १० वर्षे जनयुद्ध दिवसको अवसरमा शहिदनगर नगरपालिकाले विदा घोषणा गरेको हो ।

शहिदनगर नगरपालिका कार्यपालिकाको बैठकबाट निर्णय गरि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विदा दिएको बुधबार एक सूचना प्रकाशित गर्दै निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले जनाए ।

प्रमुख प्रशासकीय अधिकृत झाले जारी गरेको बिज्ञप्तिमा लेखिएको छ, ‘महान जनयुद्ध दिवस २०७६ को अवसरमा फागुन १ गते यस नगरपालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको ब्यहोरा सबैमा जानकारी गराइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप