शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको तपाईंको भाग्यफल कस्तो छ ?

बिहीबार, ०१ फागुन २०७६, ०६ : १९
बिहीबार, ०१ फागुन २०७६

वि.सं.२०७६ साल फाल्गुन ०१ गते । बिहीबार । ईश्वी सन् २०२० फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि–पंचमी ,४८ घडी ४५ पला,रातको ०२ बजेर १६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– हस्त,१९ घडी २६ पला,दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त चित्रा । योग– शूल,४६ घडी १६ पला,रातको ०१ बजेर १५ मिनेट उप्रान्त गंड । करण–कौलव,दिउसो ०३ बजेर २५ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर १६ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या,रातको ०१ बजेर ४३ मिनेट उप्रान्त तुला । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४६ पला । फाल्गुण संक्रान्ति।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउँने तथा दैनिक खर्च बढेर जानेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाव वढ्नेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरि आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवारी साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । दाजुभाई तथा छिमेकीसँगको सम्वन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपार्ईँको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुनेछन् । सभा सभारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफूसँग भएका स्रोत साधनहरुलाई सही रुपमा परिचालन गरी आम्दानी वढाउँन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथीभाई हरुसँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी तथा पैत्रिक धन सम्पती हात लागी हुने सम्भावना रहेकोछ भने व्यापार व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पढाइ लेखाइमा सुधार हुनेहुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायवाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी वढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी  गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी  गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप