शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोमान्टिक अन्दाजमा गरे प्रस्ताव, निकै भाइरल भइरहेको यो जोडीको ‘लभ स्टोरी’ यस्तो

आइतबार, ११ भदौ २०७४, १४ : १७
आइतबार, ११ भदौ २०७४

स्विडेनका पूर्व ओलम्पिक गोताखोर जिम्मी जोद्दीन त्यतिबेला अचम्ममा परे जब भेनिसमा उनका प्रेमीले उनलाई एउटा प्रश्न सोधे । वास्तवमा जिम्मी आफ्ना प्रेमी प्याट्रिक हबरसँग पानीमा डुङ्गा सवारीका लागि गएका थिए, त्यति नै बेला उनले प्रस्ताव गरे । यस्तो छ, यी दुई जोडीको लभ स्टोरी ।

व्यवसायिक रुपमा बडिबिल्डर र ग्राफिक डिजाइनर जर्मनीका प्याट्रिकले प्रेमी जिम्मीलाई कतै घुम्न जाने भन्दै आफ्नो ब्याग प्याक गर्न आग्रह गरे । कता जान लागेको केही नभनी ‘हामी त्यो ठाउँ जाँदै छौं जहाँ तिमी निकै पहिले देखि जान चाहन्थ्यौ’ भन्दै दुबै घुम्न निस्किए । त्यसपछि उनीहरु म्यूनिखबाट भेनिससम्म पुगे ।

२८ जुलाईमा जिम्मीका लागि त्यतिबेला यो कुरा सरप्राइज थियो जबसम्म पानीमा गोन्डोला राइडको क्रममा पेट्रिकले उनलाई प्रस्ताव राखे । प्याट्रिकले घुँडा टेकेर जिम्मीलाई प्रस्ताव राखे । प्रेमीले यस्तो प्रकारले प्रस्ताव राखेको देखेर जिम्मी चकित भए ।

 

T H E M O M E N T 💍 #gondola #venice #askinghim #hesaidyes #wolfdeutschland 📸 Serena Genovese @flytographer

A post shared by Wolf Deutschland 🐺 (@wolfdeutschland) on

प्याट्रिकले यी सबै बेलिबिस्तार आफ्नो इन्स्टाग्राम अकाउन्टमा वर्णन गरेका छन् ।

यसबारे एक अंग्रेजी वेबसाइटसँग कुराकानी गर्दै जिम्मीले आफू त्यतिबेला निकै अचम्ममा परेकाले उक्त पलबारे वर्णन गर्न नसक्ने बताएका छन् । उनले भने, ‘मलाई थाहा थिएन कि उक्त ट्रिप हाम्रो इन्गेजमेन्ट ट्रिप बन्नेछ । म यतिमात्र भन्न सक्छु कि त्यो पल यस्तो थियो जुन सधैंको लागि रोकिन चाहन्थ्यो, जसले मेरो निकै केयर गर्न चाहन्थ्यो र मलगायत मेरो परिवारको सधैंको प्रेमी बन्न चाहन्थ्यो ।’

 

V E N I C E 😜😘 #venice #summer #love #wolfdeutschland 📸 Serena Genovese @flytographer

A post shared by Wolf Deutschland 🐺 (@wolfdeutschland) on

प्याट्रिकले दुबैका लागि भ्रमणको आयोजना गर्नुका साथै एक फोटोग्राफरको पनि बन्दोबस्त गरेका थिए जसले उनीहरुको जीवनको महत्वपूर्ण पललाई क्यामरामा कैद गरिरहेकी थिइन् । प्याट्रिकले इन्गेजमेन्टका लागि औंठी पनि बनाएका थिए जसमा भित्रबाट दुबैको नामको पहिलो अक्षर लेखिएको थियो । दुबैले एक अर्काको नामको औंठी लगाए ।

प्याट्रिकको प्रस्तावलाई जिम्मीले स्विकार गरे त्यसपछि दुबैले एक अर्कालाई चुम्बन गरे ।

दुबैको भेट लगभग चार वर्ष पहिले फेसबुकमार्फत भएको थियो । प्याट्रिकले जिम्मीलाई मेसेजमार्फत उनी राम्रो देखिने बताएपछि उनीहरुबिच कुराकानी सुरु भएको हो ।

 

seems my pup loves to show off his new ring 😜 #ownedbyme #venzia #venice #wolfdeutschland

A post shared by Wolf Deutschland 🐺 (@wolfdeutschland) on

दुबैले एक अर्कालाई थुप्रै मेसेज पठाउन थाले, फोनमा लामो समयसम्म कुराकानी गर्न थाले । त्यसपछि पछिल्लो वर्ष दुबैको भेट भयो ।

 

first step on the suprise trip for my pup 😜😘🐶 #daddynpup #suprise

A post shared by Wolf Deutschland 🐺 (@wolfdeutschland) on

प्याट्रिकका अनुसार जिम्मीसँग व्यक्तिगत रुपमा भेट्नु अघि नै उनलाई थाहा थियो कि ती एक विशेष व्यक्ति हुन सक्छन् । पहिलो पटक जब हामी भेट्यौं तब हामीले धेरै समय सँगै बितायौं, हामी सँगै हाँस्यौं, रमायौं र एक–अर्काको भावना साटासाट गर्यौं ।

 

NYC with my sweet pup 🐶😘🐻🏙🗽 #nyc #love #daddyandpup #inked #musclebear

A post shared by Wolf Deutschland 🐺 (@wolfdeutschland) on

दुबैले इन्गेजमेन्टपछि अब विवाह गर्ने सोच बनाएका छन् । दुबैको यो लभ–स्टोरी निकै रोचक छ र भाइरल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप