रुकुमको मुसीकोटमा बन्यो भव्य सहिद स्मृति पार्क (फोटोफिचर)
पश्चिम रुकुम । पश्चिम रुकुमको मुसीकोटमा तत्कालीन माओवादी जनयुद्धका क्रममा ‘सहिद’ बनेकाहरुको सम्झनामा भव्य पार्कको निर्माण गरिएको छ । संघीय संसद् क्षेत्र विकास कोषको करिब २ करोड रुपैयाँको लागतमा सो पार्क निर्माण गरेर बिहीबार २५ औँ जनयुद्ध दिवसको अवसरमा समुद्घाटन गरिएको हो ।
पश्चिम रुकुमका निर्वाचित सांसद तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’, रुकुममा कम्युनिस्ट पार्टी स्थापनामा योगदान पुर्याउने बासुदेव गौतम, रुकुम कम्युनिस्ट पार्टीका संस्थापक सदस्य ध्रुव मल्ल र तारा प्रसाद घर्तीले सो पार्कको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
जनयुद्धको ऐतिहासिक प्रक्रियामा राष्ट्र र जनताको लागि आफ्नो प्राणको आहूति दिने सहिदहरुको सम्झना र सम्मानमा सहिद पार्कको निर्माण गरिएको नेता जनार्दन शर्माले जानकारी दिए ।
मुसीकोट नगरपालिका ५ स्थित सेरीगाउँमा करीब ७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कभित्र सभाहल समेत रहेको छ ।
पार्कभित्र जनयुद्धका क्रममा रुकुमबाट सहिद हुनेहरुको नामावलीका साथै युद्ध स्मारक पनि निर्माण गरिएको छ । यस्तै स्मृति भवन वरपर जिल्लाका सहिदका फोटो राखिएको छ भने फुलबारी, प्रेक्षालयका साथै पानीका फोहोरा समेतले पार्कलाई आकर्षक बनाइएको छ ।
यस्तै पार्कभित्र नेकपा रुकुम जिल्लाका संस्थापक नेताहरु कामी बूढा र स्कन्द शर्माको शालिक पनि निर्माण गरिएको छ । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बढी प्रभावित जिल्ला मानिने रुकुममा ५२५ भन्दा बढीले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी