एपीएफ र ब्रिगेडको बराबरी
काठमाडौं । विभागीय टोली एपीएफ क्लब र ब्रिगेड ब्वाईज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको लिगको आफ्नो अन्तिम खेलमा एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेले ।
एपीएफका लागि आशिष लामाले सुरुवाती गोल गरेका थिए । आशिषले ४४औं मिनेटमा नविन लामाको पासमा हेडमार्फत गोल गरेका थिए । आशिष लिगमा सर्वाधिक गोल गर्न खेलाडीको समेत शीर्ष स्थानमा छन् । आशिषले नौ गोल गरेका छन् ।
खेलको अन्तिममा सम्हालिन नसक्दा एपीएफले अंक बाँडेको हो । दोस्रो हाफको इन्जुरी समयमा ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेललाई बराबरीमा सकेका थिए । सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेको एपीएफ र ब्रिगेड दुई खेल अघिसम्म रेलिगेसनको चपेटामा देखिएका थिए । दुई खेलअघि दुवै टोलीले रेलिगेसन जोगाएका थिए ।
एपीएफका नविन लामा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै १३ खेबाट ९ अंक बनाएको एपीएफ १२ औं स्थानमा रह्यो । समान नौ अंक बनाएको ब्रिगेडले १३औं स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना