शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागरिक अधिकार

बिहीबार, ०१ फागुन २०७६, १६ : ३९
बिहीबार, ०१ फागुन २०७६

स्नेह सायमि

जसरी
बनाउनेहरुले बनाउने बेलामानै
हिंड्नै नहुने बनाउंछन
मैले नहिंडी नहुने पेटीहरु
जसरी
संगै जोडीएको पसलेले
अतिक्रमण गर्छ
मैले पाइताला नटेकी नहुने भूमि
जसरी
संबिधानमा उल्लिखित
अधिकारका अक्षरहरुबाटै
किचेर मारिन्छ नागरिक
जसरी कुनै पनि हत्या नदेखेझैं
मौन भइदिन्छन् मेरै सहयात्री
म कसरी बस्न सक्छु
बन्द लकरमा
“सुरक्षित”सांचेर
आफ्ना तिखा आंखाहरु ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप