शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशुपति शर्माले ‘जता नि चोर’ बोलको गीतमार्फत नेतादेखि युवासम्मलाई हाने झटारो

बिहीबार, ०१ फागुन २०७६, २१ : ४६
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं  । लोकप्रिय गायक पशुपति शर्माको ‘जता नि चोर’ बोलको गीत सार्वजनिक भएको छ । विहीबार सार्वजनिक भएको शर्माको गीतमा देशको विथितीबारे व्यंग्य गरिएको छ । शर्माले गीतको सुरुमै राजनीतिक दलका नेतामाथि यंग्य प्रहर गरेका छन् ।

‘देशका लागि  लडौँ भन्छन् बस्यौँ भन्छन् जेलमा, आखिरिमा लड्या रैछन देशै लुट्ने खेलमा, साला–साली, काका–भतिज यिनमा इष्टमित्र, एक कति छिटै सेटिङगर्छन यनिले भित्रभित्र,’ उनको गीतमा भनिएको छ,‘ जता नि चारे चोर जति सबैलाई हाल्नैपर्छ खोर ।’ 

उनले अहिलेका शासक पनि राजा जस्तो भएको गीमार्फत बताएका छन् । साथै उनले महाराज बन्न खोजे ढोगी बस्न नसकीने भन्दै नेताहरुलाई सचेत गराएका छन् । शर्माको गीतमा काँग्रेसका स्थापक नेता स्वर्गीय बीपी कोइराला र तत्कालीन एमालेका महासचिव स्वर्गीय मदन भण्डारीका कार्यकर्तालाई पनि गीतमार्फत झटारो हानेका छन् ।

शर्माले उनीहरुले देश लुटेर खायो नभनेको कुरा गीतमा व्यक्त गरेका छन् । भ्रष्टको सातद पुस्तालाई पनि राम्रो नहोस् भनेर कुरा गीतमा भनिएको छ । शर्माले युवाको बानी व्यवहारप्रति पनि गीतमा पटाक्ष गरेका छन्  भने अन्तमा भ्रमण वर्षको प्रचार पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप