मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भियाग्राले अन्धोपना निम्त्याउन सक्ने : अनुसन्धान

शुक्रबार, ०२ फागुन २०७६, ०८ : २३
शुक्रबार, ०२ फागुन २०७६

खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग डाक्टरको सल्लाहविनै गर्ने गरेका छन् । यसो गर्नु स्वास्थ्यका लागि खतरा हुने विज्ञहरुको भनाइ छ । 

भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ । 

यसैगरी, भियाग्राले अन्धोपना गराउने एक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानका अनुसार भियाग्राको प्रयोग सुरुमा हल्का डोजको गरिएपनि आवश्यकता अनुसार यसको मात्रा विस्तारै बढ्दै जाने भएकाले विस्तारै व्यक्तिको आखाँमा समस्या आउने गर्छ ।

फ्रन्टियर इन न्यूरोलोजीमा प्रकाशित रिपोर्टका अनुसार भियाग्राको कारणले आखाँमा समस्या आउने, रङहरु छुट्याउन नसक्ने र कुनै कुनै पुरुषहरुमा अन्धोपनासमेत गराउने गर्छ ।

टर्कीस्थित अडाना हस्पिटलका डाक्टर कुनेयत कारास्लानले बिशेषज्ञको सल्लाहविना ‘सेक्स एन्ग्जाइजी’ र ‘इरेक्टाइल डिसफन्क्शन’ को समाधानको लागि भियाग्रा प्रयोग गर्छन् ति मानिसहरुमा यस्तो समस्या देखापर्ने बताएका छन् ।

भियाग्राले डाइलेक्ट रक्तनलीहरुका मामंपेशीहरु बलियो बनाउने काम गर्छ भने यो औषधिको असर शरीरमा ३ देखि ५ घण्टासम्म रहन्छ ।

डाक्टर कुनेयत कारास्लानले १७ जनामा यस्तो असर देखेको बताए । ती सबै पुरुषहरु दृष्टिदोषको सिकार भएको पाइएको थियो । ति व्यक्तिहरुमा धमिलो देख्ने, आँखा रातो हुने जस्ता समस्या देखिएको थियो । तिनीहरुले १०० एमजीभन्दा बढीको डोज सेवन गर्ने गरेका थिए ।

डाक्टर कुनेयतले १०० एमजीभन्दा बढीको भियाग्रा सेवन गर्दा आखाँमा समस्या आउने साथै टाउको दुख्ने समस्या पनि पैदा हुने बताएका छन् ।

भियाग्रा सन् १९९८ मा पहिलोपटक बजारमा उपलब्ध भएको थियो । यो बजारमा आएसँगै यसको माग तीव्र गतिमा भयो । उक्त समय भियाग्रा इतिहासमा सबैभन्दा बढी बिक्री हुने औषधिको रुपमा चिनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप