शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा कोरोनाभाइरस प्रकोपविरुद्ध लडाइँ

शुक्रबार, ०२ फागुन २०७६, ११ : २१
शुक्रबार, ०२ फागुन २०७६

फेब्रुअरी १३ सम्म चीनभरि सङ्क्रमितको सङ्ख्या ५९९०१ पुगेको छ भने आशङ्कित सङ्ख्या घटेर १३४३५ पुगेको छ। मर्नेहरूको सङ्ख्या १३६८ भएको छ भने उपचार गरी निको भएको सङ्ख्या ६१८७ पुगेको छ। राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत रोग नियन्त्रण विभागका उपनिर्देशकका अनुसार हुबेइ प्रान्त बाहेकका चीनका अरू क्षेत्रमा एन सि पिको विकासक्रम झर्दै गरेको देखिएको छ। फेब्रुवरी १० तारीखको २४ बजेसम्म हुबेइबाहेकका चीनका अरू क्षेत्रमा जम्मा थप ३८१ जना सङ्क्रमित भएको पाइन्छ। यसबाट चीन सरकारले चालेको विभिन्न कदमहरूबाट एनसिपिको  तीब्र फैलावटको प्रवृत्ति रोक्का हुन सकेको देखिन्छ।

कोरोना भाइरस निमोनिया(NCP) प्रकोपको आकस्मिक शुरुवात

डिसेम्बर २६ मा, शंघाई सार्वजनिक स्वास्थ्य क्लिनिकल सेन्टरको वैज्ञानिक अनुसन्धान परियोजनाले ऊहान सहरीय केन्द्रीय अस्पताल तथा ऊहान रोग नियन्त्रण र रोकथाम केन्द्रबाट पठाइएको अस्पष्ट कारणले ज्वरो लागेको बिरामीको नमूना संकलन गर्‍यो।

डिसेम्बर २६ बिहान, हुबेई प्रान्तको परम्परागत चिनियाँ र पश्चिमी चिकित्साको एकीकृत अस्पतालअन्तर्गत श्वासप्रश्वास चिकित्सा विभागका निर्देशक झाङ जि सियनले इलाज गराउँदा चार जना असामान्य निमोनिया लागेका बिरामी भेटे। 27 तारिखमा डा. झाङले समयमै अस्पतालका नेताहरूलाई चार जना असामान्य बिरामीको विषय रिपोर्ट गरे र अस्पतालले पनि चाँडै नै जियाङहान जिल्ला रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा रिपोर्ट गरे। २८ र २९ दिई दिनमा क्लिनिकले दक्षिण चीन समुद्री खाना बजारबाट आएका तीनजना बिरामीहरूलाई उपचार गरे। यी जम्मै सात जना बिरामीहरूको लक्षणहरू र फोक्सोको अवस्था बराबर थिए। डा. झाङले तुरून्तै यस बारे अस्पतालमा रिपोर्ट गरे। अस्पतालले पनि यसलाई ठूलो महत्त्व दियो र तुरून्तै रिपोर्ट गर्‍यो।

डिसेम्बर 3१ मा, राष्ट्रिय स्वास्थ्य आयोगद्वारा नियुक्त एक विशेषज्ञ समूह गठन गरी महामारीको समाधानको लागि मार्गदर्शन गर्न ऊहान आइपुगे। ऊहान महानगरपालिका स्वास्थ्य आयोगले पहिलो पटक एउटा घोषणा सार्वजनिक गर्‍योः  भर्खरै केही चिकित्सा संस्थाहरुले पत्ता लगाएका न्यूमोनियाका धेरैजसो घटनाहरू दक्षिण चीन समुद्री खाना बजारसँग सम्बन्धित रहेको र हालसम्म 27 जना बिरामीहरू पत्ता लागेको, जसमध्ये 7 जना गम्भीर अवस्थामा रहेका भने बाँकीका अवस्था स्थिर र नियन्त्रण गर्न सक्ने र दुई बिरामीहरूलाई निकट भविष्यमा डिस्चार्ज हुने अपेक्षा गरिएको छ। विशेषज्ञहरूले बिरामीको अवस्था, उपचारको नतीजा, महामारी विज्ञान अनुसंधान, प्रारम्भिक प्रयोगशालात्मक परीक्षण आदि विषयहरूबाट माथिका केसहरू विश्लेषण गरी माथिका बिरामीहरूलाई भाइरस निमोनिया लागेका निर्यौल गरे। छानबीनद्वारा स्पष्टरूपमा मानव-मानव प्रसारण नभएको र कुनै पनि चिकित्सक कर्मचारीलाई संक्रमण नलागेको दावी गरियो।

जनवरी १, २०२० मा दक्षिण चीन समुद्री खाना बजार बन्द गरिएको थियो।

जनवरी 5 मा, वुहान नगरपालिका स्वास्थ्य आयोगले जानकारी दियो कि २०२०सालको जनवरी 5 तारीखको ८:०० सम्म, ऊहान सहरले जम्मा 59 जना कारण अस्पष्ट हुने भाइरसील निमोनिया बिराबीहरू पत्ता लगाएको र जसमध्ये ७ जना बिरामीहरूको अवस्था गंभीर रहेको र कुनै मृत्यु  नभएको रिपोर्ट गरेको थियो। यी ५९ जना बिरामीहरू मध्ये, सबभन्दा पहिलो बिरामी लागेको समय२०१९को डिसेम्बर १२ थियो भने सबभन्दा पछिल्लो बिरामी लागेको चाहिँ डिसेम्बर २९ मा थियो। चिकित्सा निगरानीका लागि १६३ जना घनिष्ठ सम्पर्कहरूलाई अनुसरण गरिएको छ। एक महामारी विज्ञान सर्वेक्षणले के पत्ता लगाइयो  भने केही बिरामीहरूले ऊहान दक्षिण चीन समुद्री खाना बजार (दक्षिण चीन समुद्री खानाको थोक बजार) का व्यापारी रहेछन्। अहिले सम्म, प्रारम्भिक अनुसन्धानअनुसार मानवदेखि मानव प्रसारणको कुनै स्पष्ट प्रमाण पाएको छैन र कुनै पनि मेडिकल स्टाफमा संक्रमण भएको छैन। इन्फ्लूएन्जा, एभिएन इन्फ्लूएन्जा, एडेनोभायरस, संक्रामक एटिपिकल निमोनिया (सार्स) र मध्य पूर्व रेसिपरेटरी सिन्ड्रोम (एमईआरएस) जस्ता श्वासप्रश्वास रोगहरूलाई पनि हटाइएको छ।

जनवरी 5 को बिहान, शाङघाई सार्वजनिक स्वास्थ्य क्लिनिकल सेन्टरले ऊहानबाट आएको अस्पष्ट ज्वरोका बिरामीहरूको नमूनाबाट सार्स-जस्तो कोरोनाभाइरस पत्ता लगायो। भाइरसको सम्पूर्ण जीनोम अनुक्रम उच्च-थ्रुपुट अनुक्रम द्वारा प्राप्त गरिएको थियो। क्रमवर्ती तथ्यांकबाट निकालेको विकासवादी रूखले ऊहानबाट पाइएको नयाँ कोरोनाभाइरस इतिहासमा कहिल्यै नदेखिएको देखिन्छ। वैज्ञानिक अनुसन्धानको परिणामहरू प्राप्त गरिसकेपछि केन्द्रले तुरुन्तै शाङघाई महानगरपालिका, शाङघाई नगरपालिका स्वास्थ्य आयोग र राष्ट्रिय स्वास्थ्य आयोगप्रति प्रतिवेदन बुझायो।

जनवरी 7 मा, ऊहान सहरको ह्वाजोङ विज्ञान र प्रविधि विश्वविद्यालयको टोङजी मेडिकल कलेज मातहतको स्येह अस्पतालले एकजना ६९ बर्षीय वृद्धलाई मस्तिष्क शल्यक्रिया गर्‍यो। शल्यक्रिया गर्नुअघि बिरामीलाई कुनै किसिमको श्वास लक्षण देखिएन। जनवरी ११ मा, बिरामीमा अचानक ज्वरोको लक्षण देखा पर्यो र फोक्सोलाई संक्रमणको स्पष्ट संकेत देखा पर्‍यो। शल्यक्रिया भएको पाँचौं दिनमा, निमोनियाका लक्षणहरूले अपरिवर्तनीय गिरावट देखायो र उनीसँग सम्पर्क राख्ने धेरै मेडिकल स्टाफलाई पनि ज्वरोको लक्षण देखा पर्यो। जनवरी 15 मा, उनलाई नयाँ कोरोनाभाइरस संक्रमण पत्ता लागेको थियो। यो केसलाई पछि विशेषज्ञहरूले "सुपर कम्युनिकेटर" को संज्ञा गरे, जसले १ जना डाक्टर र 13 जना नर्सहरूलाई संक्रमित गरेको थियो।

जनवरी 9 मा, सीसीटीभीको रिपोर्ट अनुसार ऊहानको भाइरल निमोनिया रोगजनक परीक्षण नतीजा मूल्यांकन प्यानलले पत्ता लगायो कि रोगजनक एक किसिमको नयाँ कोरोनाभाइरस रहेछ। जनवरी ७ को २१:०० सम्म प्रयोगशालामा एउटा नयाँ प्रकारको कोरोनाभाइसस पत्ता लाग्यो र भाइरसको सम्पूर्ण जीनोम अनुक्रम प्राप्त भयो। न्युक्लिक एसिड परीक्षण विधिले नयाँ कोरोनाभाइरसको सक्रिय नतीजा देखिएको जम्मा १५ केसहरू प्राप्त पाइयो। १ केसबाट भाइरसलाई अलग गरिएको थियो र इलेक्ट्रोन माइक्रोस्कोपमा कोरोनाभाइरस मोर्फोलोजी देखाइयो।

जनवरी १० मा, शाङघाई सार्वजनिक स्वास्थ्य क्लिनिकल केन्द्र, ह्वाजोंग विज्ञान र प्रविधि विश्वविद्यालयको ऊहान केन्द्रीय अस्पताल, ऊहान सहरको रोग नियन्त्रण र रोकथाम केन्द्र, चीन राष्ट्रिय रोग नियन्त्रण र रोकथाम केन्द्र, र अस्ट्रेलियाको सिडनी विश्वविद्यालयले मिलेर ऊहानमा फेला परेको नयाँ कोरोनाभाइरोको जीनोम सफलतापूर्वक डिकोड गरे र भाइरल जीनोम अनुक्रमको संदेश Virologic.org वेबसाइट र GenBank मा सार्वजनिक गरेका छन्। "यो विश्वव्यापी सार्वजनिक स्वास्थ्यको लागि महत्त्वपूर्ण छ, र यस प्रक्रियामा कडा मेहनत गर्ने सबै व्यक्तित्वहरूलाई मान्यता, कृतज्ञता र सम्मान दिलाउनुपर्छ।" विज्ञान पत्रिकाले भोलिपल्ट यसरी टिप्पणी छापेको छ।

जनवरी 13 मा, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एक विज्ञप्ति जारी गरी थाईल्याण्ड जनस्वास्थ्य मन्त्रालयले ऊहानको जस्तै नयाँ कोरोनाभाइरसबाट निमोनिया संक्रमित भएको पहिलो घटना रिपोर्ट गरेको दाबी गर्‍यो।

जनवरी १४ मा, विश्व स्वास्थ्य संगठनले आधिकारिक रूपमा यस पटकको निमोनिया तुल्याउने भाइरसलाई २०१९ नयाँ कोरोनाभाइरस ( 2019-nCoV) नामावरण गरिदियो।

जनवरी 16 मा, जापानले नयाँ कोरोनाभाइरस संक्रमणको पहिलो घटना देखा परेको पुष्टि गर्‍यो। बिरामी 30 वर्षीय चिनियाँ नागरिक हो जो टोकियोको नजिकै कानागावा प्रान्तमा बस्छन्। ऊ ऊहान गएको थियो र निमोनिया बिरामीसँग घनिष्ठ सम्पर्क भएको हुन सक्छ तर ऊहानमा छँदा उसले दक्षिण चीन समुद्री खाना बजारमा नगएको भन्यो।

जनवरी 17 मा, थाई जनस्वास्थ्य मन्त्रालयले आधिकारिक वेबसाइटमा 2019-nCoV संक्रमित भएको दोस्रो बिरामी भेटिएको घोषणा गर्‍यो। बिरामी 74 वर्षकी चिनियाँ महिला थिइन्। यो चीन बाहिर फेला परेको तेस्रो नयाँ कोरोनाभाइरस संक्रमण भएको घटना हो।

त्यसका साथसाथै ऊहानमा नयाँ कोरोनाभाइरस लागेको बिरामीको संख्या पनि दिनदिनै वृद्धि हुँदै गएको छ।

जनवरी २० मा चीनका विभिन्न प्रान्तबाट नयाँ कोरोनाभाइरस संक्रमण भएको घटनाहरू देखा परेको रिपोर्टहरू पनि घोषणा गरिए। ती बिरामीहरू कोही त ऊहानबाट आएको, कोही त ऊहान गएको वा त्यस्ता मानिसहरूसँग घनिष्ट पम्पर्क भएको पुष्टि भएको छ।

जनवरी २० मा, सीपीसी केन्द्रीय कमेटीका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सि जिनपिङ ले सबै स्तरीय पार्टी समिति तथा सरकारहरूलाई जनताको जीवनसुरक्षा र स्वास्थ्यलाई पहिलो स्थानमा राख्न, समग्र योजनाहरू बनाउन र संगठित गर्न आग्रह गर्नुभयो।उहाँले यस महामारीलाई रोकथाम र नियन्त्रण गर्नको लागि व्यावहारिक र प्रभावकारी कदम चाल्नुपर्छ, र महामारीको फैलावटलाई दृढतापूर्वक रोक्नुपर्छ भनी जोड दिनुभयो। त्यसै दिनमै प्रधानमन्त्री ली के छियाङले राज्य परिषदको कार्यकारी बैठक आयोजना गरी नयाँ कोरोनाभाइरस संक्रमणको निमोनिया प्रकोपको रोकथाम र नियन्त्रणको लागि विभिन्न कदमहरू जारी गर्नु भयो।

जनवरी २० मा, राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत उच्च स्तरीय विशेषज्ञ समूहका नेता, चिनियाँ इन्जिनियरिङ एकेडेमीका सदस्य तथा श्वासप्रश्वाससम्बन्धी चिकित्सा विशेषज्ञ झोङ नान शानले सीसीटीभीसँगको अन्तर्वार्तामा भने, "अब यो भन्न सकिन्छ कि (ऊहान नयाँ कोरोनाभाइरस निमोनिया) त्यहाँ मानवबाट मानवमा संक्रमण हुनु पक्का भयो”। उनले भने कि हाल नयाँ कोरोनाभाइरस बिरामीहरूको सेवा गर्दा 14 जना मेडिकल स्टाफहरू संक्रमित भएका छन्।

ऊहान शहरलाई पूरै बन्द

विशेषज्ञ जोङ नान शानको चेतावनीले सरकारको ध्यानाकर्षण गरिदियो र केन्द्रीय सरकारले तुरुन्तै उपप्रधानमन्त्रीको नेतृत्वमा एउटा प्रकोपविरुद्ध निर्देशन टोलीको गठन गर्‍यो। निर्देशन टोली यस पटकको महामारीको उद्गमस्थल ऊहानमा गयो र स्थानीय सरकारलाई प्रकोपविरुद्धको लडाइ गर्न निर्देशन गर्न थालेको छ। जनवरी २३ को १० बजे देखि ऊहान सहरलाई बन्द गर्ने आदेश जारी गर्‍यो।

चीनमा परम्परागत पात्रो अनुसार २५ तारिखदेखि मुसा पर्व शुरु हुँदै थियो।र २४ तारीखदेखि सातदिनको सार्वजनिक बिदा थियो। देशभरका चिनियाँ नागरिक नयाँ बर्षको रमाइलोमा आफ्ना परिवार र इष्टमित्रसँग पुनर्मिलन र घुमफिरको योजना बनाउँदै थिए। अरू प्रान्तमा वा ठूला शहरमा जागिर गरेका वा विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू र शैक्षिक कर्मचारीहरू पनि बिदाको लागि आफ्ना गाउँघर र मातृघर फर्कने क्रम भइसकेको थियो। यस महामारीको केन्द्र रहेको ऊहान सहर एउटा विशाल सहर हो जसको स्थायी बासिन्दा १.०३२ करोड छ भने अस्थायी बासिन्दा झन्टै ३० लाख छन्। शहर बन्द गर्नुअघि नै ५० लाख मानिसहरू ऊहान सहरबाट विभिन्न ठाउँमा विभिन्न सवारीसाधनबाट निस्केसकेका छन्। कतिपयले त शहर बन्द गर्ने खबर सुन्ने बितिकै आफ्नो गाडी चलाएर सफलतापूर्वक ऊहानबाट भागेका रहेछन्। जसमध्ये कतिपयलाई भाइरस लागिसकेको रहेछन्।

विश्वविद्यालय र शिक्षण संस्था बन्द भएका थिए। भाइरसको खबर प्रशारण भएपछि प्रशासनले ऊहान र त्यस नजिकका क्षेत्रहरूका घुमफिरमा कडा गरेको थियो । त्यस क्षेत्रका शिक्षण संस्था, रेल सेवा र हवाईजहाज सेवामा समेत रोक लगाएर सर्तकता अप्नाउने प्रयास गरेको थियो।

कोरोनाभाइरसको इनक्युबेशन अवधि ३ दिनदेखि १४ दिन सम्म हुन्छ। कुनै बिरामीको समय झन् लामो हुन सक्छ। कतिपय मानिसलाई भाइरस लागे पनि रोग लाग्ने छैन तर त्यस्ता मानिसबाट अरूलाई भाइरस सरुवा (संक्रमण) गर्ने क्षमता त निकै बढी र खतरनाक छ। त्यसैले ऊहानबाट निस्केका वासिन्दाहरू र ऊहानमा कामको लागि गएका वा ऊहानमा यात्रा गरेका वा ऊहान हुँदै अरू ठाउँहरू गएका मानिसहरू सबैमा यस्तो भाइरस बोकेको हुने सम्भवाना छ। उनीहरूसँग घनिष्ट सम्पर्क राखेका सबै चिने नचिनेका मानिसहरूलाई पनि यो भाइरस लाग्ने जोखिम छ। त्यसैले ऊहान शहरबाट निस्केका सबै मानिसहरूलाई र उनीहरूसँग सम्पर्क गरेका सबै मानिसहरूलाई सकेसम्म चाँडै पत्ता लगाएर रोग लागे नलागेको पहिचान गर्न र क्वारेन्टाइन गर्न चीनका विभिन्न स्थानीय सरकारको सामु पर्ने सबभन्दा ठूलो र कठिन काम बनेको छ।

पार्टीको नेतृत्वदेखि केन्द्रीय सरकारबाट अधिकतम् ख्याल र महत्व

चीनसँग प्रविधि र दक्ष स्वास्थ्यकर्मी छन् । देशभर सरकारले आफ्ना जनताहरूलाई सर्तकताका लागि अनुरोध गरेको छ । नयाँ बर्षको लागि दिइएको विदा समेत थप गरेको छ भने रोग नियन्त्रणका लागि केन्द्रीय र प्रान्तका सरकारले स्वास्थ्य जनशक्तिहरू परिचालन गरेको छ।

राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको अध्यक्षतामा बसेको पोलिटव्युरो बैठकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चाल्ने कदममा कुनै कमी नहुने भन्दै प्रधानमन्त्री लि खछ्याङको नेतृत्वमा भाइरस नियन्त्रण नेतृत्व टोली समेत गठन गरेर सरकारले आफ्ना नागरिक र चीनमा रहेका विदेशी नागरिकलाई सुरक्षित हुने ब्यबस्था गरेको छ।

भाइरसको उद्गमस्थल ऊहानको भ्रमण गरी प्रधानमन्त्री ली खछ्याङले कोरोना भाइरस नियन्त्रण कार्यका लागि विशेष निर्देशन र आवश्यक जनशक्ति र प्रयाप्त साधन स्रोत उपलब्ध गराउने निर्देश दिनुभएको छ।

ऊहानका लागि केन्द्रीय सरकारले भाइरस नियन्त्रण नेतृत्व टोलीको उपनेताले अग्रपंक्तिमा गई भाइरसविरुद्धको लडाइको निर्देशन गर्दै आएको छ। त्यसका साथै कम्युनिष्ट पार्टीले पार्टीको हुबेइ प्रान्तीय समितिको सचिव तथा ऊहान शहरीय समितिको सचिवलाई हटाएर अरू दक्ष नेताहरू बदलेको छ। त्यसबाट पार्टीले यस पटकको भाइरसविरुद्धको लडाइको नेतृत्व सुदृढ गराएको छ।

विश्व स्वास्थ्य संगठनका अधिकारी र महाप्रबन्धकहरूले भाइरस प्रभावित क्षेत्रको अनुगमन र उपचारको काममा चीन सरकारले गरेको कामको प्रशंसा गरेको खबर चीनको राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रशारण गरिरहेका छन्।

चीनमा रहेका विदेशी नागरिकहरूलाई आआफनो देशमा फर्कन चाहनेलाई पनि चीनको परराष्ट्र मन्त्रालय र संम्बन्धित देशका राजदूतावास मार्फत स्वदेश फर्कने आवश्यक ब्यबस्था पनि चीन सरकारले गरेको छ ।

सरकारले भाइरस प्रभावित क्षेत्रका नागरिकहरूलाई दैनिक जीवनमा केही समय सुरक्षित रहनका लागि आग्रह गरेका छन्।

सरकारका तर्फबाट राष्ट्रिय सूचना संयन्त्रबाट प्रत्येक दिन भाइरस संक्रमण र उपचार र नागरिक सचेतना दिने सूचनाहरु दिइरहेका छन्।

राष्ट्रपति सी चिनफिङले विभिन्न राष्ट्रका नेताहरू र अन्तर्राष्ट्रिय संगठनका नेताहहरूसित फोन कुराकानी गरेर उनीहरूसँग प्रकोपविरुद्धको लडाइको बारेमा जानकारी दिनुहुन्छ भने विभिन्न विदेशी सरकारका नेताहरू र पार्टीहरूका नेताहरूले पनि चीनलाई संदेश पठाएर चीनलाई यस प्रकोपविरुद्धको लडाइमा समर्थन, सहानुभूति र जित्ने विश्वास व्यक्त गर्ने गरेका छन्।

पार्टी र सरकारको नेतृत्वमा चीनका विभिन्न ३१ वटा प्रान्त र स्वायत्त प्रदेशमा प्रकोपविरूद्ध विभिन्न कडा र विस्तृत कदम र उपायहरू चालेका छन्। बिदा भएर बन्द भएका चिकित्सा सामग्री उत्पादन उद्योगहरूले तुरुन्तै मजदुरहरू बोलाएर उत्पादनको पुनर्बहाली गरे, अहिलेसम्म ती विभिन्न उद्योगहरूले आफ्नो उत्पादन शक्तिको ९० प्रतिशत बहाली गरेको समाचार छ। अरू उद्योगहरूले समेत केही प्राविधिक सुधार गरेर चिकित्सा सामग्रीको उत्पादन गर्न थालेका छन्।

दस दिनको समयावधिमा ऊहानमा दुई वटा नयाँ अस्पतालको निर्माण गरिएका छन् जसले २३०० वटा खाट प्रदान गर्छन्। ऊहानमा अरू ५ वटा स्क्वेयर केबिन अस्पतालको निर्माण गरेर ५ हजार वटा खाट प्रदान गरेको छ। जसले हल्का संक्रमितलाई संरक्षण र उपचार प्रदान गर्न सक्छ। सरकारले अरू दस हजार खाट ओगट्ने स्क्वेयर केबिन अस्पताल तीन दिन मै तयार गरिदिने आदेश पनि दिएको छ। यसबाट सबै पहिचान गरिएका संक्रमितलाई क्वारेन्टाइन र उपचार गर्न सकिन्छ।र हल्का बिरामी लागेको बेलादेखि चाँडोभन्दा चाँडो उपचार गर्न सकोस् भन्ने सरकारको उद्देश्य छ।

सरकारको आदेशमा जनमुक्ति सेनाका ४ हजार भन्दाबढी सैनिक चिकित्सा कर्मचारीहरूले पनि ऊहान गएर प्रकोपविरुद्धको लडाइमा लागेका छन् र जनताको उपचारको लागि समर्पित छन्। केन्द्रीय सरकारको निर्देशनमा चीनका अरू १९ प्रान्तबाट हुबेइ प्रान्तको ऊहान् सहरबाहेकको विभिन्न १६ क्षेत्रलाई एक-एक गरी सहयोग गर्न वरिष्ठ चिकित्सा टोली पठाएका छन्। ९ तारीखसम्म चीनका विभिन्न २९ प्रान्तहरू तथा राष्ट्रिय स्वास्थय आयोग र चीन राष्ट्रिय जडिबुटी व्यवस्था व्युरोबाट गरी जम्मा १६५ वटा चिकित्सा टोलीका गरी १९९१६ जना चिकित्सा कर्मचारीहरू हुबेईको सहयोगको लागि गइसकेका छन्। उनीहरूका साथ विभिन्न चिकित्सा सामग्रीहरू, औषधीहरू पनि सँगै लिएर गएका छन्।

ऊहान सहरमा संक्रमितहरूको संख्या ह्वातै बढेको देखिन्छ। यो पनि स्वाभाविक कुरा हो। भाइरस चलित शुरु हुँदा स्थानीय सरकार तथा जनताको होसियारी तुल्याउन सकेन। अहिले विस्तार भई संक्रमितहरू बिरामी भएर वृद्धि भएको देखिन्छ। केन्द्रीय सरकारले संक्रमण भए नभएको सबै आशंकित मानिसहरूलाई पहिचान गर्नुपर्ने, पहिचान गरेका सबैलाई उपचार र अलग राख्नुपर्ने, सम्पर्क छुवाइ भएका सबैलाई घरमा निगरानी गर्नुपर्ने कडा नीति लागू गरेको छ। बिदा सकेर संघसंस्थाहरू, उद्योग कलकारखानाहरू पुनर्खुला हुने बेला आउँदा सरकारले मानिसहरूको आवतजावतको क्रममा निगरानी कदम कडा गराएको छ। सबैलाई तापक्रम जाँच गर्नुपर्छ, दर्ता गर्नुपर्छ। संक्रमण रहेको घरका भवनलाई पूरै बन्द गरेर सबै मानिसको जीवन सामग्रीहरू सरकारी कर्मचारीले प्रदान दिने उपाय अपनाएको छ। जनतामा पनि कडाभन्दा कडा कदमहरू जारी राखेर भाइरस प्रसारणको बाटो छेक्नुपर्ने सहमत जुटेका छन्।

चिनियाँ जनता एकजुट भएर प्रकोपविरुद्ध लडाइमा उत्रिनु

चिनियाँ समाजमा एकलाई कठिनाइ परे चारैतिरबाट सहयोग गर्ने उत्कृष्ट परम्परा छ। ऊहान सहर र हुबेइ प्रान्तका प्रकोपग्रस्त सहरहरूको सहयोगको लागि चीनका विभिन्न क्षेत्रका मानिसहरू जस्तै उद्योगपति, कलाकार, मजदुर, किसान, सरकार कर्मचारी आदिले निस्वार्थ रूपमा अर्बौं देखि सय सम्मको चन्दा दिएका छन्। नयाँ अस्पतालको निर्माणका लागि चाहिने धेरै निर्माण सामग्रीहरूदेखि लिएर अस्पतालमा जडान गर्ने सबै चिकित्सा उपकरणहरूसम्म विभिन्न उद्योगहरूले निशुल्क रूपमा उपलब्ध गराएका रहेछन्। र उनीहरूले सबभन्दा शक्तिशाली कामदारहरू पठाएर निश्चित समयमै जडान गरिदिएका छन्। कोहीले विभिन्न किसिमका चिकित्सा सामग्रीहरू, खानाहरू चन्दा दिएका छन्। विदेशमा रहेका चिनियाँ आप्रवासीहरूले पनि स्वदेशमा मास्क, सुरक्षा पोशाक, सुरक्षा चश्माको अभाव रहेको खबर सुनेर संसारभरिका बजारमा ती सामग्रीहरू किनेर हुबेईमा पठाउँछन्।

प्रकोपको अवस्था देखिएका विभिन्न स्थानका सबै निकायहरू, बासक्षेत्रहरू पनि बन्द गरेर द्वारमा कडा कदम जारी राखेका छन्। मानिसहरू जम्मा हुन सक्ने रेष्टुराँहरू, पसलहरू औषधी पसल र सुपरमार्केटबाहेक सबै बन्द गरिए। जति नोक्सान भोगे पनि पसलेले सरकारको आदेश पालन गरेर घरमा बस्छन्। नयाँ वर्षको खुशियाली गर्ने सबै मनोरञ्जन कार्यक्रमहरू खारेज गरिए। मानिसहरू तास खेल्न छोडे, माज्याङ खेल्न छोडे, चियापसलमा चिया खान छोडे। आफन्तहरूलाई आपस भेट गर्न छोडे। केही त घरपरिवारसँग मिलन गर्ने योजना पनि रेद्द गरे। जनताको अनुशासनीयता र एकजुट, समर्पण भावनाले यस पटकको महामारी प्रकोपलाई जित्न शक्तिशाली जनताको आधार दिएको छ।

राम्रो गर्नेलाई सम्मान नराम्रो गर्नेलाई सजाय

पार्टीका नेता तथा सरकारी कर्मचारीलाई प्रोत्साहन गर्नुको लागि पार्टी र सरकारले विभिन्न सम्मान र सजायँको कदम पनि अपनाएको छ। हुबेई प्रान्तको ह्वाङगाङ सहरको स्वास्थ्य आयोगको निर्देशकलाई आफूले जिम्मेवारी लिएको शहरको प्रकोपको अवस्था राम्ररी नबुझेकाले तुरुन्तै पदच्युत गरिएकी छिन्। त्यसै ऊहान सहरको रेडक्रसका तीन नेतालाई पनि पदच्युत गरिएका छन्। ऊहान सहरमा प्रकोपको रोकथाम र नियन्त्रणमा लापरवाही भएको कारणले ऊहान शहरको पार्टी कमिटिको सचिव र ऊहान सहरको स्वास्थ्य आयोगका नेतालाई पनि पदच्युत गरिएका छन्। त्यसको उल्टो विभिन्न ठाउँमा प्रकोपविरुद्धको लडाइमा राम्रो काम गरेको आफ्नो कर्तव्यनिष्ठा गरेकालाई तुरुन्तै प्रशंसा वा पदोन्नति गरेको पनि नमुनाहरू छन्। राम्रो गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई सजायँ भन्ने कडा कदमले देशका सबै पार्टी सदस्यहरू र सरकारी कर्मचारीहरूलाई बडो प्रोत्साहन दिएको छ। सबै मानिसहरू प्रकोपविरुद्ध लडाइमा अग्रपंक्तिमा धेरै दिनसम्म अडिग रहेका छन्। कोहीले त आफ्नो ज्यान समेत बलिदान गरेका छन्।

चिनियाँमा उखान छ ‘संकटको बेला अतालिने होइन समाधान खोज्नु पर्छ ।’ त्यसैले कोरोना भाइरस विरुद्वको लडाईमा चीन र चिनियाँ जनताले छिटै सफलता प्राप्त गर्नेछ।

भाइरस नियन्त्रणमा हजार मानिसहरुको मृत्यु भएको छ । यस्तो अवस्थामा चीन सरकार र चिनियाँ जनताको धैर्य, प्रविधि र जनशक्तिको साथ केही दिनभित्र भाइरस नियन्त्रण भएको सुखद समाचार सुन्ने प्रतिक्षामा हामी छौं।

ऊहानस्थित युनियन अस्पतालले कोरोना भाइरसको न्युक्लिक एसिड परीक्षण प्रयोगशाला स्थापना गरी कार्यसञ्चालन गरिसकेको छ । प्रयोगशालाले ६ घन्टाभित्र रोगीमा भाइरस भए नभएको पत्ता लगाउन सक्ने प्रविधि विकास गरेको छ । भाइरस रोगीको उपचारका लागि हरेक प्रान्तहरूमा अलग्गै अस्पतालको व्यबस्था भइरहेको छ । चीनमा ३१ प्रान्त र मुख्यमुख्य शहरहरुमा भाइरस विरुद्ध जनचेतना अभियान शुरु भएको छ । सचेत नागरिकहरू भाइरस विरुद्वमा एकजुट भएका छन् । स्मरणीय छ, चीनले सन् २००३ मा सार्सको समेत समस्यामा परेको थियो । त्यसबेला समेत चीनले बेङजिङमा स्याउ थाङ शान अस्पताल निमाण गरी उपचार गरेको थियो । यस पटक पनि सरकारले कोरोना भाइरसको उपचार गर्ने दुई ठूला अस्पताल निर्माण गरिसकेको छ । आवश्यक परेको खण्डमा हरेक प्रान्तमा अस्पताल निर्माणको काममा सरकारले पहल गर्नेछ।

"चीनमा सबै कठिनाइ हटाउन दृढ संकल्प र प्रभावकारी कार्यान्वयन शक्ति छ"

नयाँ कोरोनाभाइरस निमोनिया महामारीको प्रकोप देखा परेपछि, हजारौं चिकित्सा कामदारहरू हुबेईको समर्थनको लागि आएका छन्। निर्माणस्थलमा निर्माणकर्ताहरूले दिन रात काम गरिरहेका छन्। प्रशासनिक कानून कार्यान्वयन निकायहरूले कडा सावधानी अपनाएका छन्।विभिन्न तहका कर्मचारीहरूले सशंक्त संक्रमितहरूको छानविन र निरीक्षणको व्यवस्था गरेका छन्। १.४ अरब मानिसहरूले सरकारको आदेशअनुसार आफूलाई सुरक्षित राखेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले जनताको जनजीवन र शारीरिक स्वास्थ्यको सुरक्षाप्रति अत्यन्तै जवाफदेही जिम्मेवार बोकेर रोकथाम, नियन्त्रण र उपचारका लागि अभूतपूर्व उपायहरू अपनाएका छन् र महामारीको रोकथाम र नियन्त्रणको बिरूद्ध लडाई जित्ने वाचा गरेका छन्। विदेशका मिडिया र नेटिजनहरूले महामारीको विरूद्ध लड्न चीनको दृढ संकल्प र कार्यान्वयन क्षमताको प्रशंसा गर्छन्। उनीहरूले ठूला घटनाहरूमा सबै स्रोतहरू केन्द्रित गर्न सक्ने चिनियाँ प्रणालीको फाइदाहरू, जनताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिदिने शासकीय दर्शन, र प्रकोपको रोकथाम र नियन्त्रणको लागि सबै एकजुट हुने भावनाको प्रशंसा गर्छन्। "केवल चीन!"

चिनियाँ विशेषताहरूसहितको समाजवादी व्यवस्थाका फाइदाहरूको प्रशंसा गर्छन्। १० दिनको निर्माणपछि फेब्रुअरी २ र ६ मा, ऊहान अग्निदेव पर्वत (ह्वो शेनशान) र बज्रदेव पर्वत (लेइ शेनशान) अस्पतालले अघिपछि स्वीकृति जाँच पास गर्‍यो। दुई अस्पतालको निर्माण साइटहरूको प्रत्यक्ष प्रसारण चित्रहरूले ६ करोड भन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू हेर्नको लागि आकर्षित गरे। "चाइना स्पीड" ले देश र विदेशमा सामाजिक प्लेटफर्महरूमा निरन्तर छलफलहरू पारेको छ। डुयिनमा, चीनमा बसिरहेको एक विदेशीको भिडियोले चीनको प्रशंसा गरिरहेको थियो। भिडियोले भन्यो: "चीनले यस महामारीलाई कसरी सम्हालेको देखेर सबै छक्क पर्छन्!" "अचानक प्रकोपको बेलामा चीनले शक्तिशाली उपायहरू अपनाएको छ जुन परदेशीहरूका लागि अकल्पनीय छ। चीनबाहेक अरू कुनै देशले त्यस्तो गर्न सक्दैन। यस्तो शक्ति! "

एक इन्टरनेट प्रयोगकर्ता र एक यूरोपीय चिनियाँ मित्र को विच्याट ईतिहासलाई पनि इन्टरनेटमा व्यापक रूपमा पोस्ट गरिएको छ। ती युरोपेली चिनियाँले के भने भने, यस्ता अकस्मिक प्रकोप परेको बेला चीनका विभिन्न ठाउँमा पानी, बिजुली, न्यानोपन, सञ्चार, दैनिक जीवनका सामग्रीको आपूर्ति कुनै रोक्का नभएको र सामाजिक सुरक्षामा पनि कुनै किसिमको गडबड नदेखेको, समाजका विभिन्न पक्षहरूले आ-आफ्नो कर्तव्यनिष् गरिरहेको देखेर मलाई आश्चर्य लाग्छ। यस्तो अवस्था विदेशमा यस महामारीको सामना गर्नु अकल्पनीय छ। । धेरै विदेशीहरूले विश्वास गर्छन् कि महामारीको रोकथाम र नियन्त्रणको कार्यले पूर्ण रूपले चीनको राजनीतिक प्रणालीको उच्चतमता प्रदर्शन गरेको छ र यसलाई व्यवहारमा बारम्बार प्रमाणित भएको छ।

चीन सरकारको शासकीय दर्शनको प्रशंसा गरिन्छ जसले जनताको स्वास्थ्य र सुरक्षालाई पहिलो स्थान दिन्छ। लगभग २० वर्षदेखि चीनमा बसोबास गरिरहेका इटालियनमूलको अमेरिकी मा- यिजुनले संयुक्त राज्यमा भएको २००९ सालको एच १ एन १ फ्लूको महामारीलाई सम्बोधन गर्दै चीनको वर्तमान सकारात्मक कार्यहरूको प्रशंसा गर्छन् र चीनमाथि गरेको दुर्भावनापूर्ण आक्रमणको दावीलाई खण्डन गर्छन्। मा यिजुनले लेख्छन् कि अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रको रिपोर्टअनुसार अप्रिल २००९ देखि अप्रिल २०१० सम्म संयुक्त राज्यमा मात्र इन्फ्लूएन्जा संक्रमण लेगको संख्या ६ करोड ८ लाख भएको थियो जसमा कम्तिमा १२,००० को मृत्यु भएको थियो। उनले संसारले चीनको यसपटकको अभूतपूर्व, व्यापक र शक्तिशाली प्रतिक्रियाप्रति ताली बजाउनु पर्ने बताउँछन्।

महामारीको प्रकोपलाई रोक्न र नियन्त्रण गर्नको लागि जनताको एकताको प्रशंसा गर्छन्। फ्रेन्च हमजा बाइल गिलारी ग्वाङडोङ प्रन्तको फोशान सहरमा बस्छन् जहाँ उनी पेय उद्योगमा काम गर्छन्। जब नयाँ कोरोनाभाइरस निमोनियाको प्रकोप शुरू भयो, दुई बच्चाहरूको बुबाको रूपमा, उनले चीन छाड्ने विचार गरे। तर प्रकोपको रोकथाम र नियन्त्रण गर्ने विभिन्न उपायहरूको स्वयं अनुभव गरेपछि उनको त्रास र शंका बिस्तारै हराउँदै गयो। "ग्वाङझाउबाट फोशान फर्कने क्रममा, लगातार पाँच पटक तापक्रम मापन गरिएँ , कडा रूपमा प्रकोपको रोकथाम र नियन्त्रण गर्दा व्यक्ति र समाजका लागि फाइदा हुन्छ।"

रोमानियाली मूलधारका मिडिया "स्वतन्त्रता" ले चीनमा रोमानियाली पत्रकारद्वारा " महामारीको बेलामा चीनमा एक रोमानियनको व्यक्तिगत अनुभव" शीर्षक लामो लेख प्रकाशित गर्‍यो। उक्त लेखमा भनिएको छ कि महामारीलाई रोक्न र नियन्त्रण गर्न चिनियाँ वयस्कहरू र केटाकेटीहरू आफन्त र साथीहरूसँग भेटमिलन गर्दैनन्, र छुट्टीमा यात्रा गर्दैनन्, र एकै रातमा तिनीहरू घरबाहिर नगईकन "गृह पुरुष र महिलाहरू" भएका छन्। मानिसहरू व्यङ्ग्य र ठट्टामा आत्मसुरक्षा गर्छन् र विच्याटमा आफैले बनाएको स्वादिष्ट खाना प्रदर्शन गर्छन्, आफ्ना हँषाइले दुनियालाई बताउँछन् कि चिनियाँहरू निराश र त्रास छैनन्।

धेरै विदेशी नेटिजनहरूले यस्तो मनतव्य प्रकट गर्छन् कि नयाँ कोरोनाभाइरस निमोनिया महामारीबाट मानिसहरूले एक जिम्मेवारीमूलक ठूलो देशको आह्वान शक्ति र कार्यान्वयन शक्ति देखेका छन् र यसले पनि के देखाएको छ भने जनताले पार्टी र सरकारको आह्वानमा सक्रियतासाथ प्रतिक्रिया देखाएका छन्, महामारीको रोकथाम र नियन्त्रणको व्यवस्थालाई ध्यान दिएर पालन गरेका छन् र १.४ अरब जनता एकजुट भएर प्रकोपको प्रतिरक्षाको लागि लक्षमणरेखा निर्माण गरेका छन्। "कुन ठूलो देशले यो गर्न सक्दछ? आह्वान गर्ने बित्तिकै दश हजारौं चिकित्सा कर्मचारीहरू एउटै शहरमा जान्छन्! परिचालनको आदेश गरेपछि केही दिनमै एउटा नयाँ अस्पताल निर्माण गर्न सकिन्छ!" "सबै कठिनाइहरू पार गर्न चीनको दृढ संकल्प र कार्यान्वयन शक्ति छ।"

कोरोनाभाइरसविरुद्धका साथ आर्थिक विकासमा महत्व दिने

चीनले सन् २०२० मा देशको गरीवी हटाउने अन्तिम लक्ष्य लिएर हिँड्दै गर्दा अकस्मात प्रवेश गरेको कोरोना भाइरसले चीनको आर्थिक अवस्था खस्कन सक्छ। तर विगतका संकट र समस्याहरूसँग जुधेर सफलता खोज्ने चिनियाँ जनता र चीनको सरकारको पहिलो काम भाइरस नियन्त्रणमा सफलता प्राप्त गर्नु पहिलो उद्देश्य हो।

कोरोना भाइरस विरुद्व सरकारले गरेको पहल कदमीसँगै आर्थिक सवलीकरणका लागि उद्योगधन्धा सञ्चालन गर्ने विषयमा पनि सरकारले पहल कदमी गर्दै छ। चीनको विकास र सुधार समितिले हुबेई प्रान्त बाहेक अन्य क्षेत्रहरूमा उद्योगका काम विस्तार शुरु हुन थालेको जनाएको छ । चिकित्सा, खाद्यान्न परिवहन र उद्योगका लागि आवश्यक पर्ने उद्योगधन्दा र कल कारखानाहरु सञ्चालन शुरु हुँदै जानेछ।

सरकारले उत्पादन पुनर्बहालीको लागि मुश्किल परेका साना तथा मझौला उद्योगहरूलाई अर्थ, कर, वित्तीय आदि विभिन्न सहयोग र सुविधाको नीति लागू गरेको छ। पहिलो त्रिमासिक मन्द आर्थिक विकासपछि कोरोनाभाइरस प्रकोपविरुद्धको लडाइ जितेपछि चीनको आर्थिक विकास तीव्ररूपले वृद्धि हुने विभिन्न क्षेत्रको विश्लेषण गरिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले चिनियाँ सिसिटिभिको अन्तर्वार्ता लिँदा यस प्रकोपले चीनको अर्थतन्त्रमा पार्ने प्रभाव बारे आफ्नो विश्लेषण दिइन् -

“हामी विश्वास गर्छौं कि अधिक सम्भावित मोडेलमा वी-आकारको प्रभाव (अर्थव्यवस्थामा) हुनुपर्दछ, जसको अर्थ हो कि आर्थिक गतिविधिमा उल्लेख्य गिरावट आउन सक्छ, र त्यसपछि त्यहाँ छिटो र प्रभावकारी पुनःबहाली हुनेछ। यो स्थिति साकार हुनेछ कि छैन, हामी लगभग एक देखि दश दिन मा आर्थिक अपरेशन मा आधारित एक अधिक संदर्भ निर्णय हुनेछ। हामी प्रायः वर्तमान परिस्थितिहरू सार्स अवधिसँग तुलना गर्दछौं, जब महामारीले अर्थव्यवस्थामा वी-आकारको प्रभाव पार्‍यो, तर हामीले यो याद गर्नु आवश्यक छ कि भाइरस र यस समयमा यसको प्रभाव फरक छन्। चीनको अर्थव्यवस्था पहिलेको जस्तो थिएन, र विश्वव्यापी अर्थव्यवस्था फरक चरणमा छ। त्यतिबेला चीनको अर्थतन्त्रले विश्वको अर्थतन्त्र ८% ओगटेको थियो र आज यो १९% छ।”

चीनले क्वारेन्टाइन उपाय सहित कडा कदम चालेकाले लाखौं मानिसको जीवन प्रभाव पारेको र अर्थतन्त्नमा पनि असर पारेको छ, आईएमएफले कसरी चीनको प्रतिक्रियाको मूल्यांकन गर्दछ भन्ने प्रश्नको जवाबमा उनले भनिन्-

हामी भाइरस नियन्त्रण गर्न चीन सरकारको प्रतिक्रियाको मापन उचित रहेको ठहर्छौं। किनकि सबैभन्दा पहिले यो नयाँ प्रकारको भाइरस हो। यो सार्सको अवधिमा हामीले थाहा पाएको भन्दा फरक छ। यसको प्रसारको गतिले यसले चिनियाँ अर्थव्यवस्था र विश्व अर्थव्यवस्थामा पनि महत्त्वपूर्ण प्रभाव पार्दछ। त्यसोभए (चीन) यी कडा कदमहरू चाल्नु भनेको हाम्रो विचारमा, हामीलाई थाहा छ सूचनाको आधारमा धेरै उपयुक्त छ। यो जोड दिन लायक छ कि चीनले प्रभावित क्षेत्रहरूमा सार्वजनिक स्वास्थ्य सेवा र गतिशीलता लाई बढावा दिन धेरै छिटो नीतिहरु अपनाएको छ र चीनले पनि भाइरसप्रति अन्तर्राष्ट्रिय संयुक्त प्रतिक्रियाका लागि कडा प्रयास गरेको छ। म विश्व स्वास्थ्य संगठनसँगको सहयोगलाई धेरै समर्थन गर्दछु, र अहिले पनि पारदर्शितालाई सुदृढ पार्नका लागि भएका प्रयासहरूलाई म समर्थन गर्दछु, त्यसैले चीन र विश्वका मानिसहरूले महामारीको विकासको बारेमा अझ बढी सही समझ लिन सक्दछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. वाङ चुङ
प्रा.डा. वाङ चुङ

लेखक युनान विश्वविद्यालय, विदेशी भाषा विभाग अन्तरगत नेपाली भाषा विभाग प्रमुख हुन् ।

लेखकबाट थप