शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शेर्पासँग एनआरटी स्तब्ध

शुक्रबार, ०२ फागुन २०७६, ११ : ५४
शुक्रबार, ०२ फागुन २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा एनआरटी क्लब हिमालयन शेर्पा क्लबसँग स्तब्ध बनेको छ । 

एन्फा कम्प्लेक्स मैदानमा सुक्रबार भएको खेलमा एनआरटी शेर्पासँग २–१ गोलले पराजित भयो । सुरुवाती अग्रता लिएरपनि एनआरटीले हार खेपेको थियो । 

३१औं मिनेटमा राजेश परियारले गोलगर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । शेर्पाले ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । स्टेफन समिरले गोलगर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोलगर्दै शेर्पालाई अग्रता दिलाए ।

त्रिदेवको सोही गोल शेर्पाको जितमा प्रयाप्त बन्यो । त्रिदेव म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगको सुखद अन्त्यसँगै १४ अंक बनाएको शेर्पा १०औं स्थानामा उक्लियो । १५ अंक बनाएको एनआरटी नवौं स्थानमा रह्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप