बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन डर्बीमा थ्रीस्टारको बाजी

शुक्रबार, ०२ फागुन २०७६, १६ : ०७
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पाटन डर्बीमा ललितपुरको क्लब थ्रीस्टारले बाजी मारेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टारले ललितपुरकै च्यासल युथ क्लबलाई २–० गोलले हरायो ।

थ्रीस्टारको जितमा भारतीय खेलाडी लाल रामाम्भ्रा र अनन्त तामाङले गोल गरे । थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा लाल राम्मव्राले हेड गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । उनले निशान खड्काको फ्रिकिक पासमा हेड गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारलाई सजिलै जिताए ।

डि–बक्सभित्र च्यासलका छिरिङ गुरुङले लाल रामाम्भ्रालाई फल हानेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो । लाल रामाम्भ्रा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै २६ अंक बनाएको थ्रीस्टार तेस्रो स्थानमा छ । अन्तिम खेलको हारसँगै १५ अंक बनाएको च्यासल आठौँ स्थानमा रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप