बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओक्सेम्बर्ग ब्राण्ड अब नेपालमा पनि

शुक्रबार, ०२ फागुन २०७६, १६ : ३८
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं– विश्वमै सुपरिचत तथा विश्वनीय भारतीय कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा संचालनमा आएको छ । 

सिभिल मलका साथै ललितपुरस्थित कुमारी पाटी र पुल्चोक स्थित लाबिम मल तथा विराटनगर गरेर अन्य तीन स्थानमा खुलिसकेका छन् । सिभिल मलकमा रहेको आउटलेटलाई नविन ढंगले ब्राण्डको सबै फेशन स्टेटमेन्ट झल्किने गरी कपडाहरु राखिएका छन् । 

सिभिल मल स्थित आउटलेटको नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उद्घाटन गरेका थिए । उक्त समारोहमा अक्सेम्बर्गका उच्च अधिकारीका साथै हिमालयन भाइब्सका आदर्श पाण्डे तथा अन्य गन्यमान्य व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

आउटलेटमा औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोसेरिज तथा जिन्स पनि उपलब्ध छन् । आफ्ना सम्भावित ग्राहकहरुसम्म पहुँच विस्तार गर्न ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरुमा आफ्नो व्यापार सञ्जाल बढाइरहेको हिमालयन भाइब्स समूहसँग सहकार्य गरेको छ ।

सिभिल मलमा संचालनमा आएको नयाँ आउटलेटका बारेमा बोल्दै सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष ईपी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं । स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकहरुको सेवा गर्ने मौका पाउँदा हामीलाई गौरव लागेको छ । हामी यहाँ निकै उत्कृष्ट लुगाहरुका साथै फेशनमा रहेका नयाँ वस्तुहरु राखेर ग्राहक सेवामार्फत नेपालीहरुको मन र विश्वास जित्न चाहन्छौं ।’

ड्यानियलले भने, ‘ओक्सेम्बर्र्गको विशेषता भनेकै उचित मूल्यमा पुरुष लुगाको फेशनको उपलब्धता हो । ब्राण्डको लक्ष्य भनेकै आजको युवाको जीवनशैलीसँग मेल खाने गरी उनीहरुको चाहना र सोच बमोजिमका नयाँ उत्पादनहरु बजारमा ल्याउनु हो ।’ 

ओक्सेम्बर्ग

ओक्सेम्बर्ग सियारामको एक ब्राण्ड हो । सियाराम ३० वर्षको उच्च प्रविधियुक्त अध्ययन, अनुसन्धान तथा विकास गर्ने समुहका कारण भारत तथा विदेशमा पनि नविन उत्पादन तथा डिजाइनका लागि छुट्टै परिचय बनाएको ब्राण्ड हो ।

पुरुष लुगाको क्षेत्रमा अत्याधिक रुचाइएको अक्सेम्बर्गले विश्वभरका १५०० शहरमा आफ्नो २५०० एमबीओ, १२० ईबीओ र एलएफआरको सञ्जाल विस्तार गरेको छ । ब्राण्डले हाल चलेको फेशन र परिवर्तित शैलीलाई पछ्याउँदै गुणस्तरीय र उचित मुल्यमा संस्थाले मागे जस्तो व्यक्तिलाई सुहाउँदो किसिमका लुगाहरुको ल्याउने वाचा गर्छ ।

सियाराम सिल्क लिमिटेड भारतको एक अग्रिणी कपडा उत्पादन गर्ने कम्पनी हो । वार्षिक कारोबार २५ अर्ब भारतीय रुपैयाँ रहेको यसले ओक्सेम्बर्र्गको बजारलाई भारत तथा विदेशमा पनि बढाउँदै लैजाने उद्देश्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप