शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ सरकारले आफ्नै बस सञ्चालन गर्ने

शुक्रबार, ०२ फागुन २०७६, १६ : ४०
शुक्रबार, ०२ फागुन २०७६

जनकपुर । प्रदेश नम्बर २ को सरकारले छिट्टै राष्ट्रिय प्रादेशिक लोकमार्ग निर्माण गर्ने भएको छ । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोकमार्ग वा प्रादेशिक लोकमार्गबाट स्थानीय तहका केन्द्र जोड्ने, जिल्ला सदुरमुकामबाट स्थानीय तहको केन्द्र जा्े्डने, दुई वा दुईभन्दा बढी स्थानीय तह र राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गबाट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थलहरु जोड्ने  सडक निर्माण सुरु गर्ने जानकारी दिए । 

उनले यी सडकहरु निर्माण गर्न लागि डीपीआर गर्ने काम समेत सुरु भइसकेको जानकारी दिए । 

त्यस्तै प्रदेश सरकाले आफ्नै बस सञ्चालन गर्ने भएको छ । प्रदेश नम्बर २ को पूर्वदेखि पश्चिमसम्म प्रदेश सरकारले पाँचवटा बस सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्री सोनलले मन्त्रालयको प्रगति विवरणबारे जानकारी दिदै पहिलो चरणमा बस सञ्चालन गर्न टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । 

उनले दुई वर्षको कार्यकाल पूरा गरेपनि एक आर्थिक वर्षमात्र पूर्ण रुपले काम गर्न पाएको भन्दै १ हजार १ सय ३ किलोमिटर सडक निर्माणमध्ये पक्की र ग्राभेल ३७५ र कच्ची सडक ७२७ किलोमिटर रहेको दावी गरे ।

प्रदेश सरकारले संघीय सरकारको रणनैतिक सडक सञ्चालमा नपरेका सडक, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोडने सडक र दुई राष्ट्रिय लोकमार्ग जोड्ने सडक निर्माण गर्ने तयारी भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप