बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जाउलाखेललाई हराउँदै मनाङ तेस्रो

शुक्रबार, ०२ फागुन २०७६, १८ : ४१
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो भएको छ । एन्फा कम्प्लेक्स मैदानमा सुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा मनाङले जाउलाखेल युथ क्लबाई १–० गोलले हरायो ।

मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । निशानले ५७औं मिनेटमा गरेको गोल मनाङका लागि प्रयाप्त बन्यो । जाउलाखेलको प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले विफल पारेका थिए । दीप म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे । 

जितसँगै तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको मनाङले २८ अंक बनायो । १९ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा रह्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप