शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जीपको ठक्करबाट नेपाल प्रहरीका असईको मृत्यु

शुक्रबार, ०२ फागुन २०७६, २० : ३१
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ ।  काभ्रेमा जीपको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । 

बनेपामा शुक्रबार भक्तपुरबाट पाँचखाल जाँदै गरेको बा१९च १३२३ नम्बरको जीपको ठक्करबाट असई तेजबहादुर गुरुङको मृत्यु भएको हो । 

बाटो काट्ने क्रममा उनलाई जीपले ठक्कर दिएको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए । गुरुङ प्रहरी चौकी साँघामा कार्यरत थिए ।

गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप