सातै प्रदेशमा नेकपाको भेला र बैठक : ओली–प्रचण्डले सम्बोधन गर्ने, तोकिए प्रमुख वक्ता
काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति बैठकको निर्णय अनुसार विशेष अभियान अन्तर्गत सातवटै प्रदेशमा प्रशिक्षण तथा बैठक गर्ने भएको छ ।
जसमा नेकपाले पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न खटाउने भएको छ । सातै प्रदेशका प्रशिक्षणमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेबारे प्रदेशहरुलाई जानकारी दिइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली स्वास्थ्यका कारण सबै कार्यक्रममा जान सम्भव नभए पनि अध्यक्ष प्रचण्ड भने सबै कायक्रममा सहभागी हुनेछन् ।
केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालकाअनुसार प्रदेश २ मा वरिष्ठ नेता माधवकुमार नेपाल र बागमती प्रदेशमा वरिष्ठ नेता झलनाथ खनाल, गण्डकी र कर्णाली प्रदेशमा उपाध्यक्ष वामदेव गौतम प्रदेश २ र सुदूरपश्चिम प्रेदशमा, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गण्डकी र कर्णाली प्रदेशमा सचिवालय सदस्य ईश्वर पोखरेल, प्रदेश २ र वागमती प्रदेशमा सचिवालय सदस्य रामबहादुर थापा र प्रदेश १ – प्रदेश ५ मा महासचिव विष्णु पौडेल प्रमुख वक्ताका रुपमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
नेकपाले फागुन ४ र ५ गते प्रदेश पाँच, फागुन ६ र ७ गते कर्णाली, फागुन ९ र १० गते प्रदेश र्२, फागुन १२ र १३ गते गण्डकी, फागुन १५ र १६ गते वागमती, फागुन १८ र १९ गते सुदूरपश्चिम र फागुन २० र २१ गते प्रदेश १ मा प्रदेश कमिटीका बैठक तथा भेलाहरु आयोजना गर्दैछ ।
रिजालका अनुसार भेला तथा बैठकको स्थान तोक्न प्रदेशलाई जिम्मा दिइएको छ । प्रदेश १ को विराटनगर, वागमति प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को कोहलपुर, कर्णाली प्रदेशको सुर्खेतमा भेला बेलाइने छ । त्यस्तै सुदुरपश्मि प्रदेशको कैलाली वा कञ्चनपुरमध्ये १ र प्रदेश २ को जनकपुर वा वीरगञ्जमा भेला टुंगो लागेको छैन ।
तत्कालीन एमाले र माओवादी एकतापछि बनेको नेकपाले पार्टी एकतापछि केन्द्रीय योजना अनुसार बृहत् कार्यकर्ता भेला र प्रशिक्षण गर्न लागेको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान