बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एसएसपी शौरभ राणा रिहा

शुक्रबार, ०२ फागुन २०७६, २१ : ४८
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । सरकारी वकिल कार्यालय सुनसरीले उनलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरेको हो । 

राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको छ । 

गृह मन्त्रालयमा इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहेकै बेला राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए । यस्तै ती महिलाले साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् । 

उजुरीपछि राणाले आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका  थिए ।  त्यसपछि गत सोमबार राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । 

पीडित महिलाले  इटहरीको एक होटलमा लगेर राणाले आफूमाथि बलात्कार गरेको दावी गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप