नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने
उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा– कलङ्की सडकमा सिसिटिभी जडान गरिने भएको छ । समुदाय–प्रहरी पालिका समितिले आज यहाँ आयोजना गरेको ‘ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम’मा उक्त कुरा बताइएको हो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा– कलङ्की सडकखण्डमा चाँडो सिसिटिभी र सडकबत्ती जडान गरिने बताए ।
नगरपालिकाले सिसिटिभी र सडक बत्ती जडानका लागि रु एक करोड रकम विनियोजन गरेको उनको भनाइ थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने बताए । राजधानी भित्रिने प्रमुख नाकामा सडक दुर्घटना न्यूनीकरण गरे राजधानीमा आफैँ दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो ।
नेपाल ट्रक तथा टिप्पर व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सरकारले मालवाहक सवारीसाधन पार्किङका लागि आवश्यक स्थान उपलब्ध गराउन नसकेको गुनासो गरे । कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्रीको प्रदर्शन गरिनाका साथै सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै