शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

शनिबार, ०३ फागुन २०७६, ०८ : ०५
शनिबार, ०३ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमानमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको उल्लेख गरेको छ । 

हाल देशका  पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

 शनिवार दिउँसो भने देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार राति देशको पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप