शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज नेपाल एयरलायन्सको जहाज चीनमा रहेका नेपाली लिन जाँदै

शनिबार, ०३ फागुन २०७६, ०८ : २७
शनिबार, ०३ फागुन २०७६

चीनमा रहेका एक सय ८५ नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो ।

शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान साँझ ६ः४५ मा वुहान पुग्ने त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने समय तालिका रहेको छ । चीनमा रहेका नेपाली बोकेको बिमान आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ । 

चीन जान लागेको नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाजमा विशेष तालिमप्राप्त टोली पनि हुनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप