शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जोडीले धार्मिक स्थलमा पोर्न भिडियो बनाए, अपलोड गर्दा भयो बबाल

शनिबार, ०३ फागुन २०७६, ०९ : ४५
शनिबार, ०३ फागुन २०७६

म्यान्मारको धार्मिक स्थलमा एक जोडीले पोर्न भिडियो बनाएको घटना सार्वजनिक भएको छ । पोर्न भिडियो बनाएको मात्रै होइन, उनीहरुले भिडियो अपलोड गरेपछि बबाल मच्चिएको छ ।

आइएनएसको एक रिपोर्ट अनुसार इटलीका एक जोडीले म्यान्मारको पवित्र स्थल बागानमा आफ्नो १२ मिनेटको पोर्न भिडियो बनाए । त्यसपछि उक्त भिडियो एक चर्चित पोर्न साइटमा पनि अपलोड गरिदिए । बागान विश्व सम्पदा सूचीमा पनि सुचिकृत छ ।

२३ वर्षका यी दुईले पोर्नसाइटमा ‘एसएसएस’ नाम दिइएको प्रोफाइलबाट भिडियो अपलोड गरेका हुन् । उक्त प्रोफाइलमा उनीहरुले आफूलाई २३ वर्षको इटालियन जोडीको रुपमा चिनाएका छन् ।

उक्त भिडियोले बिहिबारसम्ममा २ लाख ५० हजार भ्यू पाइसकेको छ । यद्यपि, ५ हजार ५ सयले भिडियो डिस्लाइक पनि गरेका छन् ।

स्थानीयले उक्त भिडियोमा कडा आपत्ति जनाएका छन् ।

‘हाम्रो बागना प्यागोडा पवित्र स्थल हो, ’ एमजी खिन ग्यीले रिसाएको थुप्रै इमोजीसहित फेसबुकमा लेखेका छन् ।

साइटका अनुसार यो जोडीका ८१ हजार सब्सक्राइबर्स छन् । ११ महिना अघि उक्त साइटमा जोइन भएका उनीहरुले १७ वटा भिडियो पोष्ट गरेका छन् जसले ३ करोड बढी भ्यू पाइसकेको छ ।

भिडियो सार्वजनिक भएपछि न्यू फ्यानाटिक एसिया टुर कम्पनीका प्रबन्ध निर्देशकले बागानमा तैनाथ सुरक्षाकर्मीको लापरवाहीमाथि प्रश्न उठाउँदै तत्काल कारवाहीको माग गरेका छन् ।

साथै, बागानको एक नागरिक समाज समूह मायो सेट सानले भिडियो देखेर आफूहरु निकै अचम्मित परेको र यसले आघात पुर्‍याएको बताएका छन् ।

उनले भने, ‘धार्मिक स्थल र प्यागोडा बाहिर यौनाचार गर्नु असहनीय छ , यो बागानमा गरिएको थियो जुन हाम्रो धर्म, संस्कृति र इतिहासका लागि अनमोल धरोहर हुन् ।’

यस्तै, द युनियन अफ म्यान्मार ट्राभल असोसिएसनका अध्यक्ष म्यो यीले कोरोनाभाइरसका कारण समस्यामा भएको ट्राभल उद्योगका लागि यो खबर निकै अप्रिय भएको बताए ।

‘हाम्रो लागि यो निकै गाह्रो समय हो किनभने धेरै पर्यटक यहाँ आइरहेका छैनन्,’ उनले एएफपीलाई भने ।

स्थनीय समाचार एजेन्सी द इरवादीका अनुसार यो धार्मिक स्थलमा स्थानीयसहित विदेशीलाई पनि छोटो वा अनुचित कपडा लगाउन प्रतिबन्ध गरिएको छ । उक्त समाचार एजेन्सीमा म्यान्मार र धामिर्क स्थल वा त्यसको परिसरमा खुल्ला रुपमा चुम्बन जस्तो अनुचित व्यवहार गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप