शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार रातीदेखि समाप्त हुनेछ ‘बिग बस १३’ को यात्रा, १४० दिन चल्यो अहिलेसम्मको सबैभन्दा लामो सिजन

शनिबार, ०३ फागुन २०७६, ११ : ४३
शनिबार, ०३ फागुन २०७६

सलमान खानको विवादित रियालिटी शो ‘बिग बस १३’ को ग्रान्ड फिनाले शनिबार राती प्रशारण हुँदैछ । घरमा पाँच प्रतिस्र्धी सिद्धार्थ शुक्ला, रश्मि देसाई, आरती सिंह, आसिम रियाज र शहनाज गिल बाँकी छन् । यीमध्ये को बिजेता हुन्छन्, त्यो थाहा पाउन अब केही घण्टामात्रै बाँकी छ ।

कार्यकमलाई दुई हप्ताका लागि बढाउन सकिने चर्चासमेत भएको थियो तर यो अनुमानमा मात्रै सिमित भएको छ । यसैबीच ‘बिग बस’ को आधिकारिक ट्वीटर ह्यान्डलमार्फत् शनिबार ग्राड फिनाले टेलिकास्ट गरिने घोषणा गरिएको छ ।

बिग बसको इतिहासको सबैभन्दा लामो सिजनः

यो सिजनलाई पहिले नै पाँच हप्ताको लागि बढाइसकिएको छ । सेप्टेम्बर २९ मा सुरु भएको बिग बस १३ मा तेह्रैजना प्रतिस्पर्धी थिए । जनवरीमा यसको ग्रान्ड फिनाले हुने भनिएको थियो । यद्यपि, यसको बढ्दो लोकप्रियताका कारण यसलाई पाँच हप्ताका लागि बढाइएको थियो । १५ फेब्रुअरीमा शोको ग्रान्ड फिनाले छ । यो हिसाबले यो सिजनको कूल अवधि १ सय ४० दिन हुनेछ जुन इतिहासको सबैभन्दा लामो बिग बस हो । यतिमात्रै होइन, यो एउटा यस्तो सिजन हो जसमा अहिलेसम्म १२ वाइल्डकार्ड प्रतिस्पर्धी प्रवेश भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप