शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रम नछरौँ सरकारले कर होइन, करको दायरा बढाएको हो : प्रधानमन्त्री ओली

शनिबार, ०३ फागुन २०७६, ११ : ४४
शनिबार, ०३ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले करको दायरा मात्र बढाउने काम गरेको बताएको छन् ।

शनिबार संसदको प्रतिनिधिसभा बैठकमा सरकारको दुई वर्ष काम कारबाहीको जनाकारी दिँदै उनले भने, ‘ एउटा भ्रम छ । सरकारले कर बढाएको होइन, करको दायरा बढाउने काम गरेको छ ।’ 

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो वर्ष आधार वर्ष भएको र चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्ष भएको बताए । 

‘पहिलो वर्षलाई आधार वर्षका रूपमा लिएका थियौं । चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रूपमा लिएका छौं,’ उनले भने, ‘नेपालमा गरिबी छ, तर कोही भोकले मर्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप