शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुशासनका संयन्त्रहरु क्रियाशिल हुँदा भ्रष्टाचारमा निर्लिप्तहरु मुर्मुरिने रहेछन्ः प्रधानमन्त्री

शनिबार, ०३ फागुन २०७६, १२ : ०७
शनिबार, ०३ फागुन २०७६

प्रधामन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुमाथि सरकार निर्मम बन्ने बताएका छन् । उनले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पुरानो भनाइ दोहोर्याँदै कसैले आफ्नो भनाइ भन्नैको लागि भन्ठानेको छ भने त्यो गल्ती हुने बताए । 
‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ । गत वर्षको सम्बोधनका क्रममा मैले यो भनेको थिएँ, कसैले मेरो भनाइ भन्नको लागि भनेको ठानेको छ भने त्यासले गल्ती गर्दैछ,’ संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।  
ओलीले दुराचारी र दुराचार, भ्रष्ट र भ्रष्टाचारीको सम्बन्धमा मुखमा पानी हालेर बस्ने आफ्नो बानी नरहेको उल्लेख गर्दै भने, ‘जो जतिसुकै उच्च ओहोदावाला होस्, कथित पहुँचवाला र तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने नगर्ने निर्णय मुख हेरेर लिइन्न।’  

उनले सुशासनका संयन्त्रहरु क्रियासिल हुँदा भ्रष्टाचारमा निर्लिप्तहरु मुर्मुरिने गरेको उल्लेख गर्दै भ्रष्टालाई कारबाहीको दायरामा ल्याउँदा समेत आफू आलोचनाको शिकार हुनु परेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप