बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जसले ‘शाहरुख खानकी नायिका’ लाई खोजे, उनको अचानक निधन हुँदा बलिउड दुःखी

शनिबार, ०३ फागुन २०७६, १३ : ३०
शनिबार, ०३ फागुन २०७६

भारतका चर्चित फेशन डिजाइनर वेन्डेल रोडरिक्सको हृदयघातका कारण ५९ वर्षको उमेरमा निधन भएको छ । उनको असामयिक निधनमा पूरा बलिउड शोकमग्न छ । इको–फ्रेन्डली फेशनका लागि चर्चित वेन्डेलबारे हामी यस्ता केही जानकारी दिँदै छौं जसबारे सायद तपाईंलाई थाहा नहोला ।

१. मुम्बईमा हुर्के बढेः

वेन्डेल रोडरिक्सको जन्म गोवाको क्याथोलिक परिवारमा भएको थियो तर उनी मुम्बईमा हुर्के बढे ।

२. आफ्नै बचतले गरे पढाईः

वेन्डेलले लस एन्जेलिस र पेरिसमा आफूले कमाएर जम्मा गरेको पैसाले फेशन डिजाइनिङको पढाई गरेका हुन् ।

३. गुरु अफ मिनिमालिजमको टाइटलः

उनले सन् १९९० मा आफ्नो पहिलो कलेक्सनलाई शोकेस गरे । तत्पश्चात उनलाई गुरु अफ मिनिमालिजमको उपाधि दिइयो ।

४. वातावरण अनुकुल फेशनबारे चर्चाः

वातावरण अनुकुल र दिगो फेशनको कुरा गर्ने पहिलो व्यक्तिमध्ये उनी पनि एक हुन् । उनले सन् १९८९ मा आफ्नो फेसन ब्रान्ड सार्वजनिक गरे र उनले सन् २०१६ मा अवकाशको घोषणा पनि गरे ।

५. पद्मश्रीबाट सम्मानितः

वेन्डेललाई भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट सन् २०१४ मा सम्मानित गरियो ।

६. यो कन्सेप्टलाई अघि बढाएः

वेन्डेलले रिजोर्ट वेअरको कन्सेप्टलाई अघि बढाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

७. समलिङ्गी अधिकारका मुखरः

वेन्डेल विभिन्न सामाजिक मुद्दाको विषयमा सक्रिय थिए र समलिङ्गी अधिकारका लागि निकै मुखर थिए ।

८. शाहरुख खानकी यी नायिका कृतज्ञः

‘फ्यान’ फिल्मबाट चर्चामा आएकी वलूशा डिसूजाले मोडलको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । वेन्डेललाई श्रद्धाञ्जली दिने बेला वलूशाले आफ्ना सुरुवाती दिनलाई याद गरिन् । उनले भनिन्, ‘आज जे छु, त्यसका लागि तपाईंप्रति निकै कृतज्ञ छु । तपाईंले १६ वर्षको उमेरमा मेरो क्षमता पहिचान गर्नुभयो र त्यसपछि तपाईंले मेरो साथ कहिले पनि छोड्नुभएन ।’ फ्यानमा शाहरुख खानको मुख्य भूमिका छ ।

९. अर्जुन रामपालकी पूर्व श्रीमतीले गरेकी थिइन् वेन्डेलका लागि मोडलिङः

अर्जुन रामपालकी पूर्व प्रेमिका मेहर जेसियाले वेन्डलका लागि मोडलिङ गरेकी थिइन् । उनले याद गर्दै लेखिन्, ‘यो स्तब्ध पारिदिने खबर हो । अत्यधिक सुन्दर व्यक्ति र क्षमतावान् डिजाइनरलाई फेशन इन्डष्टिङ र संसारले आज सधैंका लागि गुमाएको छ । उनीसँगको प्रत्येक भेटमा मलाई राम्रो महसुस हुन्थ्यो । उनको मुस्कानले सधैं मलाई मुस्कुराउन प्रेरित गर्दथ्यो । तपाईंको निकै याद आउनेछ वेन्डेल ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप