शनिबार पृथ्वीको नजिकबाट जानेछ विशाल क्षुद्रग्रह
एउटा विशाल क्षुद्रग्रह(एस्टेरोइट) आज नेपाली समय अनुसार अपरान्ह ४ः५० बजे पृथ्वीको सबैभन्दा नजिक हुँदै जानेछ । १४४३ फिटदेखि ३२४८ फिटबीचको आकारको उक्त ग्रहले पृथ्वीलाई कुनै हानी भने पु-याउने छैन ।
आकारको तुलना गर्दा यो कुनै विशाल गगनचुम्मी भवन आकारको रहेको नासाका विज्ञले बताएका छन् ।
नासाको ‘सेन्टर फर निअर अर्थ अब्जेक्ट स्टडिज’का अनुसार क्षुद्रग्रहबाट पृथ्वीलाई खतरा पुग्ने छैन ।
क्षुद्रग्रह पृथ्वीबाट झण्डै ५७ लाख ७७ किमी टाढा हुदैं जानेछ । नासाका अनुसार यो दुरी पृथ्वी र चन्द्रमाबीचको दुरीभन्दा १५ गुणा बढी हो ।
२००२पीजेड३९ नाम दिइएको उक्त क्षुद्रग्रह अगस्ट २००२ मा पत्ता लागेदेखि वैज्ञानिकहरुको निगरानीमा रहेको छ ।
माइनर प्लानेट सेन्टरले २००२पीजेड३९ लाई पृथ्वीका लागि ‘सम्भावित खतराना क्षुद्रग्रह’को सुचिमा राखेको छ । पृथ्वीबाट ७४ लाख किमीको दुरीमा पर्ने ४९२ फिटभन्दा ठूला आकारलाई सम्पूर्ण आकासीय पिण्डलाई ‘सम्भावित खतरा’को सुचिमा राख्ने प्रचलन छ ।
आइतबार र सोमबार केही थप क्षुद्रग्रहहरु पृथ्वीको नजिकबाट जाँदैछन् । घरदेखि हवाईजहाज आकारका ती आकाशीय पिण्डमध्ये सबैभन्दा नजिक भएर जाने क्षुद्रग्रह सोमबार पृथ्वीभन्दा २२ लाख ४२ हजार किमीको दूरीबाट जानेछन् ।
तीमध्ये कुनैबाट पनि पृथ्वीमा खतरा पुग्ने छैन ।
पृथ्वीको नजिक रहेको आकाशीय पिण्डको अध्ययनको अतिरिक्त नासा र अन्य एजेन्सीले अहिले पृथ्वीको नजिक रहेको क्षुद्रग्रहको अध्ययन गर्न थालेका छन् । यी अध्ययनको उद्देश्य पृथ्वीतर्फ आउने आकाशीय पिण्डलाई आकाशमै नष्ट गर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?