बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सियारा तुफान : हावाले विमान हल्लाएको भिडियो भाइरल बन्दै (भिडियो)

शनिबार, ०३ फागुन २०७६, १४ : ०२
शनिबार, ०३ फागुन २०७६

युरोपभरि फैलिएको सियारा नामक आँधीबेहरीका कारण यातायात अवरुद्ध भएको छ । साताको सुरुवातमा सयौं विमान र ट्रेनहरु अवरुद्ध भएका छन् । तुफान प्रभावित क्षेत्रमा मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलिरहेको छ । भारी वर्षाका कारण सयौं घरहरु डुबानमा परेका छन् । सियारा तुफानलाई ‘स्ट्रोम अफ सेन्चुरी’ नाम दिइएको छ । 

गत आइतबार भयानक तुफानका बीच स्टोबार्ट एयर फ्लाइटका पाइलटले ब्रिटेनमा बर्मिघम एयरपोर्टमा विमान अवतरण गर्ने प्रयास गरे । उक्त समयमा विमानलाई हावाले यति धेरै दबाब दियो कि विमान नै हलचल भयो । उक्त एयरपोर्टमा राखिएको सीसीटीभि क्यामेरामा कैद भएको भिडियो भाइरल भएको हो । 

उक्त फुटेजमा सियरा तुफानले विमानलाई धक्का दिएको स्पस्ट देखिएको छ । प्लेनले रनवेमा छुनुअघि दायाँ र बायाँ हल्लिरहेको देखिन्छ । डेली मेलका अनुसार स्टोबार्ट एयरको फ्लाइट बेलफास्टबाट भएको थियो ।  

भिडियो :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप