शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालक प्रशान्त !

शनिबार, ०३ फागुन २०७६, १६ : १९
शनिबार, ०३ फागुन २०७६

–मिलनकान्छा किराती

बेइमानी समयले
टुहुरो बनाएपछि
यो बालमन्दिरको
कोठा, चोटा र आँगनभित्र
रहर थुनिएको छ !

खुसी खसेको छ
आशा मरेको छ ।
रोकिएको छैन आँसुको भेल
म प्रशान्त डुबिरहेछु ।

काठमाण्डू बाढीले बगाउँदैछ
बाढीको मुहान
मेरो आँखामा छ !

रोल्पाको म प्रशान्त
मन्दिरभित्र पनि किन अशान्त ?
शान्ति तब न मिल्दो रहेछ,
जब
बाआमा मन्दिरभित्र भेटिन्छन् 
मन्दिरभित्र
रोकिएको छैन आँसुको भेल
म प्रशान्त डुबिरहेछु ।

 अहिले,
थाहा भैरहेछ –मलाई !
मानिसहरू घरमा देवता छाडेर
मन्दिरमा ढुङ्गा पुज्दा रहेछन्
आफ्नो फाइदा लुटेर अरूलाई
बेकामे र स्वार्थी बुझ्दा रहेछन !

रोकिएको छैन आँसुको भेल

 म प्रशान्त डुबिरहेछु ।

(आमाको लडेर मृत्यु, बाबुले आत्महत्या गरेपछि असहाय बनेका रोल्पाका बालक प्रशान्तप्रति समर्पित कविता । उनलाई आफ्नै काकाले काठमाडौँ बालमन्दिर ल्याएर छाडेका छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिलनकान्छा किराँती
मिलनकान्छा किराँती
लेखकबाट थप