ललितपुरमा ११ जुवाडे पक्राउ
महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतकोे घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पाँचथर अमरपुर वडा नं २ घर भएका कृष्णकुमारी लिम्बूले घर भाडामा लिइ जुवातास खेलाइरहनुभएको जनाइएको छ ।
पक्राउपर्ने लिम्बुसहित प्रभुराज राई, इन्टर राई, ज्ञानेन्द्र हुमागाईं, विजय पराजुली, नवीन नेपाली र प्रेमकुमारी लिम्बू रहेका छन् । उनीहरुलाई रु एक लाख ११ हजार नगदसहित नियन्त्रणमा लिएको सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । उनले गोदावरी नगरपालिका वडा नं १ गोदामचौर सातथलीबाट जुवाडे रुपक कार्की, नवराज कार्की, गौतम कार्की र प्रताप लामालाई पक्राउ गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै