शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मानेको गोलमा लिभरपुल अझै अपराजित

आइतबार, ०४ फागुन २०७६, ०८ : ५६
आइतबार, ०४ फागुन २०७६

३० वर्षपछि इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने होडमा रहेको लिभरपुलले अपराजित यात्रा अझै कायम राखेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १–० गोलले हरायो ।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता बनाएको छ । लिभरपुलको जितमा साडियो मानेले निर्णायक गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ७८ औँ मिनेटमा गोल गरेका थिए । ६०औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनको स्थानमा मैदान छिरेका माने जोर्डन हेन्डरसनको पासमा गोल गरेका थिए ।

लिभरपुलका लागि प्रिमियर लिगमा उनको यो ५७ औँ गोल थियो । वैकल्पिक खेलाडीका रुपमा भने उनको यो पहिलो गोल थियो ।

मानेले पछिल्लो समय चोटका कारणखेल्न सकेका थिएनन् । उनी दुई सातापछि मैदान फर्किएका हुन् । मध्यभागमा औसत प्रदर्शन गरेको नर्विचको गोल फर्काउने प्रयास सफल भएन ।

लिभरपुलले लिगमा पछिल्ला ११ मध्ये १० खेलमा गोल खाएको छैन ।

लिभरपुलको २६ खेलबाट ७६ अंक छ । लिभरपुलले हालसम्म २५ जित र एक बराबरीको नतिजा निकालेको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ । सिटीले एक खेल कम खेलेको छ । लिभरपुलसँग पराजित नर्विच १८ अंक सहित अन्तिममा छ ।

अर्को खेलमा बर्नलीले साउथह्याम्पटनलाई २–१ गोलले पराजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप